आर्थिक 📈

अर्थमन्त्री पौडेल वजेट सार्वजनिक गर्न सिंहदरबार पुगे

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०७८/०८९ को वजेट सार्वजनिक गर्नका लागि सिंहदरबार पुगिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री पौडेल वजेट सार्वजनिक गर्नका लागि सिंहदरबार गएका हुन । पुरा पढौ

दिउँसो ४ बजे बजेट भाषण : को-को सहभागी हुन्छन् ?

काठमाडौं, १५ जेठ। सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले तयारी पूरा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलबाट बजेट भाषण गर्दैछन्। प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्। अध्यादेशमार्फत् बजेट ल्याउन बिहानै मन्त्रिपरिषद् बैठक बसेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश स्वीकृत गरेपछि बजेट भाषण हुनेछ।… पुरा पढौ

दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै : वृद्धभत्ता बढ्न सक्ने

काठमाडौं, १५ जेठ। सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले तयारी पूरा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हल सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेका हुन्। प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्। कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्। बिहीबार… पुरा पढौ

लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं, १४ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताए । सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४.०१ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा… पुरा पढौ

शाइन रेसुङ्गा बैंकको शेयर संरचनामा परिवर्तन

काठमाडौं, १४ जेठ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक १३ लाख १२ हजार ५४९ कित्ता शेयर साधारण समूहमा परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकको अहिलेको परिवर्तित शेयरसंगै साधारण तथा संस्थापक शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको जनाएकाे छ । बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४४ करोड नाफा आर्जन गरेको छ । चुक्ता पूँजी ३ अर्ब ४० करोड रहेको छ । पुरा पढौ

सुनको मूल्य तोलामा ४०० घट्यो

काठमाडौं, १४ जेठ। हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुन तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार अन्तराष्ट्रिय बजारमै सुनको मूल्य घटेको र बिहीबारको तुलनामा डलरको मूल्य पनि कमजोर भएकाले सुनको मूल्य घटेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार… पुरा पढौ

बजेटमा होटल संघका सात सुझाव : संरक्षण कोष स्थापनादेखि कर छुटसम्म

काठमाडौं, १४ जेठ । होटल संघ नेपाल (हान)ले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण यो क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। महामारीका कारण थला परेको होटल उद्योगलाई पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने भन्दै हानले सरकारलाई सात सुझाव दिएको हो। महामारीले होटल व्यवसायको अस्तित्व नै जोखिममा परेको भन्दै हानले यसमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको हो। ‘महामारीबाट थला परेको होटल उद्योग पुनः संचालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगी सबैभन्दा बढी प्रभावित उद्योग… पुरा पढौ

सनराइज ब्लूचिप फन्डको साढे १२ करोड इकाईको कारोबार आजबाट

काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाइ (सामुहिक लगानी कोष) सनराइज ब्लूचिप फन्ड सूचीकरण गर्ने सम्झौता सम्पन्न भएपछि आजबाट धितोपत्रको दोश्रो बजारमा कारोबार शुरु हुँदैछ । कम्पनीको दोश्रो बजार कारोबारको लागि धितोपत्रको संकेत एसबिसिएफ कायम गरिएको छ । कम्पनीले सर्वसाधारण समक्ष सनराइज क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई (सामुहिक लगानी कोष) खुल्ला बिक्री आव्हान गरेको थियो । नेपाल स्टक एक्सचेन्ज धितोपत्र सूचीकरण विनियमावली,… पुरा पढौ

आर्थिक सर्वेक्षण दिउँसो २ बजे सार्वजनिक हुँदै

काठमाडौं, १४ जेठ। सरकारले आर्थिक वर्ष २०७८/७९ काे आर्थिक सर्वेक्षण शुक्रबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले दिउँसो २ बजे कार्यक्रम गरेर आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो। आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा सीमित संख्यामा मात्र पत्रकारलाई प्रवेश दिइने छ। जुमबाट हुने कार्यक्रममा फोटो र भिडियोको लागि केही पत्रकारलाई मात्र प्रवेश दिने तयारी मन्त्रालयले गरेको हो। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दैछन्। आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार (जेठ १५ गते) दिउँसो… पुरा पढौ

डलरको भाउ घट्दै : शुक्रबार विदेशी विनिमय दर, कुनको कति ?

काठमाडौं, १४ जेठ । यो हप्ता डलरको भाउ कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि अमेरिकी डलर १ को खरिद दर ११५ रुपैयाँ ८५ पैसा र बिक्री दर ११६ रुपैयाँ ४५ पैसा तोकेको छ । यसअघि आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ २४ पैसा र बिक्री दर ११६ रुपैयाँ ८४ पैसा तोकेको थियो । अघिल्लो महिना अकेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ७२ पैसा र बिक्री दर १२० रुपैयाँ ३२ पैसासम्म पुगेको थियो… पुरा पढौ