आर्थिक 📈

शेयर बजार नयाँ उचाईमा, १० अर्ब ४० करोड बढीको कारोबार

काठमाडौं, २ जेठ । गएको एक महिनादेखि घट्दै बढ्दै काराेबार रकममा उल्लेख्य प्रगति हुन नसकेकाे शेयर बजारमा आज भने नाटकिय परिवर्तन देखिएकाे छ । निषेधाज्ञाकाे कारण लगानीकर्ताले अन्यत्र लगानी गर्न पाएका छैनन् । जस्काे फलस्वरुप लगानीकर्ताहरु शेयर बजारमै यूटर्न भएकाे आँकलन गरिएकाे छ । साताको पहिलो दिन आईतबार आज भने नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । शेयरबजारमा देखिएको लगानीकर्ताकाे उत्साहकाे सहभागितासंगै सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ भने कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । नेप्से आज ५४.२१ अंकले… पुरा पढौ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ जेठ । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनमा रुपैयाँ ९०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंका अनुसार आज छापावाला सुन ९०० रुपैयाँले बृद्धि भएर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य… पुरा पढौ

एनएमबि बैंकको २ अर्ब बराबरको ऋणपत्र आजबाट बिक्री खुला

काठमाडौं, २ जेठ । एनएमबि बैंकले आज देखि १० वर्ष अवधिको लागि २ अर्ब बराबरको ऋणपत्र खुला गरेको छ । बैंकले यसका लागि वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज गर्नेछ । बैंकले ''एनएमबि ऋणपत्र ८.५-२०८७/८८'' नामक ऋणपत्र बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १ हजार मूल्य अंकित २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएको छ । ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ भने ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ जेठ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ६ गतेबाट लगानीकर्ताहरुको लागि बिक्रीमा ल्याएको थियो । यसअघि वैशाखको २६ गतेसम्म आवेदन दिन सकिने भनिए पनि म्याद थप गरेर वैशाख २ गते आजसम्म पुर्याईएको हो । कम्पनीका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै कम्पनीले म्याद थपेको थियाे । कप्पनीका अनुसार प्रतिशेयर १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरिएको थियो ।… पुरा पढौ

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौ‌, १ जेठ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं… पुरा पढौ

बन्दाबन्दीले मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ, १ जेठ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्ष दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ । स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि… पुरा पढौ

किन राेकियाे ९०० मेगावाटको अरुण तेस्रोको निर्माण ?

किमाथाङ्का, १ जेठ । सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट… पुरा पढौ

सिटिजन्स बैंकको सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी नियुक्त

काठमाडाैं, १ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ । करिव २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भएर विभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका छन् । भारतको पुणे स्थित सिम्बायोसिस इन्स्टीच्युट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको… पुरा पढौ

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार नेप्सेमा रोक्का

काठमाडौं, ३१ वैशाख । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार दुबै बैंकबीच बिहिबार एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएपछि शेयर कारोबार रोक्का गरिएको हो । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी बिनियमावली २०७३ को विनियम ६ (१) बमोजिम आजदेखि दुबै बैंकको शेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरष्ठि अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् । पुरा पढौ

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

काठमाडौं, ३१ वैशाख । सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । २ लाख ३४ हजार १९५ जना आवेदकले आइपिओ पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । १४ लाख ५१ हजार ४ सय ३२ जना आवेदकको हात रित्तो हुँदा ४ हजार ४ सय ४२ आवेदन रद्द भएको जनाइएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति… पुरा पढौ