आर्थिक 📈

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ३१ वैशाख । साताको छैटौं दिन आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ । आज छापावाला सुन बिहिबारकै मूल्यमा कारोबार भएको छ भने चाँदीमा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला बिहिबार झैं ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ… पुरा पढौ

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ वैशाख । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिनका दागि आज अन्तिम दिन हाे । बैंकले वैशाख २२ गतेदेखि रुपैया १ हजार मूल्य अंकित ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र जारी गरेको थियो । कुल ऋणपत्रमध्ये २१ लाख इकाई व्यक्तिगत तथा बाँकी रहेको १४ लाख इकाई सर्वाजनिक रुपमा जारी गरिएको थियो । उक्त १४ लाख इकाईबाट पनि ७० हजार इकाई सामुहिक लगानी कोषका लागि छुट्याईएकोमा १५ हजार इकाई बाँडफाँड भईसकेको छ । बाँकी १ अर्ब… पुरा पढौ

ब्रोकर कार्यालयमा ३ कर्मचारी मात्र राख्न निर्देशन

काठमाडाै, ३१ वैशाख । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ । बोर्डले विज्ञप्तिमार्फत सूचना प्रविधिसम्बन्धी कार्य गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि… पुरा पढौ

राष्ट्र बैंकले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री आयातमा टीटीको सीमा बढायाे

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन चाहिने जीवनरक्षक आवश्यक स्वास्थ्य उपकरणका सामग्रीको आयात गर्नका लागि ड्राफ्ट/टीटी को सीमालाई बढाएको छ । आज एक सूचना जारी गरी राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको उपचारका लागि चाहिने स्वास्थ्य सामग्रीको हकमा ड्राफ्ट/टीटी को सीमा बढाईएको जनाएको हो । राष्ट्र बैंकका अनुसार यसअघिको व्यवस्थामा ड्राफ्ट/टीटी ३५ हजार डलर सम्मको जारी गर्न सकिन्थ्यो । तर अहिले सर्तकताकासाथ १ लाख डलरसम्म जारी गर्न सकिने भएको छ । व्यावसायीक क्षेत्रबाट… पुरा पढौ

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं, ३० वैशाख। दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता भएको छ । बिहीबार यी दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको सीईओमा अशोक समसेर जबरा र डेपुटी सीईओमा ज्योति पाण्डे हुने भएका छन् । पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार ७ अर्ब माथि

काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको छ । आज ९ वटा उपसमूहहरुमा हरियाली छाएको छ भने अन्य ४ वटामा रातो लागेको छ । केहि दिन देखि ७ अर्ब सम्मको कारोबारलाई छुन नसकेकोमा आज भने कारोबार ७ अर्ब माथि पुग्दा शेयर लगानीकर्ताहरुमा उत्साह जगाईदिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंकले बृद्धि भएर… पुरा पढौ

युरोपेली संघद्वारा २८ करोडको सहायता परिचालन

काठमाडौं, ३० वैशाख । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली संघ (इयु)ले रु २८ करोड बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारी विरुद्धको नेपालको संघर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ, टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ । सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण… पुरा पढौ

नेपाल लाइफकाे खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढ्यो

काठमाडौं, ३० वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको तेश्रो त्रैमाससम्म आउँदा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएकाे छ । कम्पनीले गएको वर्षको सोहि अवधिको भन्दा ३५.४९ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो । गएको वर्ष कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीका अनुसार पुनःबीमा कमिसन २ करोड ८७ लाख, लगानी कर्जा र अन्य आय ५ अर्ब ४८ करोड ८ लाख तथा बीमालेख धितोमा… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको मूल्यमा आज ४०० रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा ४०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधकार तेजाबी सुन प्रतितोला ९१ हजार… पुरा पढौ

०.५६ अंकले बढ्यो नेप्से, विकास बैंक, उत्पादन र हाइड्रोपावरमा देखियो चमक

काठमाडौं, २९ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको । आज विकास बैंक, उत्पादन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा लगायतका उपसमूहमा चमक देखिएको छ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको थियो । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको थियो । सबै उपसमूहरुमा हरियाली छाएको थियो । तर आज ६ उपसमूहहरुमा हरियाली छाएको छ भने बाँकी ७ उपसमूहरु राताम्मै भएका छन् ।… पुरा पढौ