आर्थिक 📈

नेप्से २७.४१ अंकले बढ्यो, सर्वत्र छायो हरियाली

काठमाडौं, २७ वैशाख । शेयर बजारमा आज शेयर लगानीकर्ताहरुले अनुमान गरेभन्दा फरक किसिमले सकारात्मक संकेत देखिएको छ । कारोबारमा रकमकाे बढाेत्तरीमा उल्लेख्य प्रगति नभए पनि सर्वत्र हरियाली छाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन तथा राजनीतिक घटनाक्रमको कारण बजार अस्थिर रहने आँकलन गरेपनि फरक परेको छ । शेयर लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बेलामा आज शेयर बजारमा देखिएको सकारात्मक संकेतले मनोवल केहि उकासेको छ । नेप्से आज २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा… पुरा पढौ

प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशन तथा बिक्री जेठ ५ बाट हुँदै

काठमाडाैं, २७ बैशाख । प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखी फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत… पुरा पढौ

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २७ वैशाख । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

समाज लघुवित्त र स्वस्तिक लघुवित्तले बोलाए विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं, २७ वैशाख । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले जेठ ११ गते मर्जरका लागि विशेष अधिवेशन बोलाएका छन् । तर दुबै संस्थाको विशेष साधारण सभा छुट्टाछुट्टै स्थानमा हुन लागेको छ । समाज लघुवित्तले मलंगवास्थित जानकी फेमली होटलमा दिउँसो २ वजे विशेष साधारण सभा बोलाएको छ भने स्वस्तिक लघुवित्तले सोहि समयमा लहानस्थित होटल नेमानमा साधारणा सभा बोलाएको छ । साधारण सभामा दुबै संस्थाले एकापसमा मर्जरसम्बन्धी छलफलको एजेण्डा पेश गर्नेछन् । दुबैबीच एक एकको स्वाप रेसियोमा मर्जर हुन… पुरा पढौ

कोरोना र अस्थिर राजनीतिले शेयर बजार प्रभावित, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, २६ वैशाख । साताको पहिलो दिन आईतबार आज शेयर बजार ओरालो लागेको छ । कोरोना भाइरसको संक्रमणको महामारी बढीरहेको बेलामा केहि हप्तादेखि शेयर बजारमा सकारात्मक सन्तुलन हुन सकेको छैन । अर्को कुरा राजनीतिक घटनाक्रमले पनि शेयर बजारलाई नकारात्मक प्रभाव पारेको छ । वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए केहिदिन अँझैं अस्थिर रहने पक्का छ भने सरकार परिवर्तन भयो र एउटा आकार लियो भने पुनः शेयर बजार उकालोको यात्रामा लाग्ने आँकलन गरिएको छ । यसरी लगानीकर्ताहरु… पुरा पढौ

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं, २६ वैशाख । साताको पहिलो दिन आईतबार आज छापावाला सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्यमा भने आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन एकैदिनमा रुपैयाँ ११०० ले बढेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रुपैयाँ १०० ले बढेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार… पुरा पढौ

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपुर, २६ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले… पुरा पढौ

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाडौं, २६ वैशाख । जनरल इन्स्योरेन्स कम्पनीले आजका लागि बोलाएको तेश्रो साधारण सभा स्थगित भएको छ । संस्थाका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र सरकारले लागू गरेको निषेधाज्ञाको कारण साधारण सभा स्थगन गर्नुपरेको हो । महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवश्थामा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले यो विषम अवश्थामा सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, ठूला मजघट, भोजभतेर, खेलकुद, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाएको छ भने १५ जनाभन्दा बढी जम्मा हुन निषेध गरेको छ । कम्पनीले साधारण… पुरा पढौ

महासङ्घको अपरेशन कोभिड रिलिफ नेपाल अभियान शुरू

काठमाडाै, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो डाक्टर शुभारम्भ गरिएको छ । अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासङ्घ छ । हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइबरको सहकार्य… पुरा पढौ

२७ मेगावाट क्षमताको दोर्दीखोला आयोजनाकाे ९७ प्रतिशत निर्माण सम्पन्न

लमजुङ, २५ वैशाख । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ । आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ । यस आयोजनाले बिहीबारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरु गरिरहेको छ । त्यस्तै… पुरा पढौ