आर्थिक 📈

सुन तोलामा एकै दिन ९ सयले बढ्यो

काठमाडौं, १९ चैत । सुनको मूल्य एकै दिनमा ९ सय रुपैयाँले बढेको छ । निरन्तर दुई दिन घटेको सुनको मूल्य बिहीबार उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि २ दिनको कारोबारमा सुन तोलामा ९ सय रुपैयाँले गिरावट भएको थियो । बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको… पुरा पढौ

आइएमई लुटपाट गर्ने प्रहरी फन्दामा

काठमाडौं, १९ चैत । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट ६ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो । प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित… पुरा पढौ

१० अर्ब पूँजीको एनआरएनएको नयाँ कम्पनी दर्ता, आइपीओ निष्काशनको तयारी हुँदै

काठमाडौं, १९ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन)ले एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नाममा पव्लिक कम्पनी दर्ता गरेको छ । एनआरएनले नेपालमा लगानीका लागि ठूलो धनरासी भित्राउने तयारीसाथ कम्पनी रजिष्ट्रारको कार्यालयमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामक पव्लिक कम्पनी दर्ता गरेको हो । एनआरएनले कम्पनी दर्ता भईसकेपछि अब नेपालमा १० अर्ब बढीको लगानी भित्राउने तयारी गरिरहेको छ । एनआरएनका अनुसार तत्कालका लागि २ अर्बभन्दा बढी लगानीको प्रतिवद्धता पनि आईसकेको छ । कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी रहने भएको छ भने नेपाल… पुरा पढौ

नेप्से ४३.३६ अंकले बढ्याे, १२ उपसमूहमा छायो हरियाली

काठमाडौं, १८ चैत । शेयर बजारमा आज केहि सुधार देखिएको छ । दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ४३.३६ अंकले बृद्धि भएर २६१९.०२ विन्दुमा पुगेको छ । नेप्से आज १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बृद्धि भएर ४६३.५९ विन्दुमा पुगेको छ । आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब १६ कोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १८ चैत । सुनचाँदीको भाउमा बुधबार पनि गिरावट भएको छ । आज छापावाला सुनमा ४०० रुपैयाँले गिरावट आएको हो भने चाँदीमा २० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला ४०० रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँ कायम भई कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार… पुरा पढौ

नेपालको जिडिपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंककाे प्रक्षेपण

काठमाडौं, १८ चैत । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो। दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१÷२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक… पुरा पढौ

मर्जरपछि एनआईसी एशिया लघुवित्तको शेयर फुकुवा, आजदेखि कारोबार शुरु

काठमाडाैं, १८ चैत । नेपाल स्टक एक्सचेन्जले एनआइसी एशिया लघुवित्तको शेयर कारोबार फुकुवा तथा शेयर सूचीकृत भएको जनाएको छ । स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्तको मर्जरपछि एनआइसी लघुवित्तको शेयर नेप्सेले फुकुवा गरेको हो । शेयर फुकुवा भईसकेकोले अब स्वदेशी लघुवित्तको शेयर कारोबार पनि एनआइसी एशिया लघुवित्तको नामबाट कारोबार हुने गरेर नेप्सेमा सूचीकृत भइसकेको छ । शेयरको सूचीकरणसंगै बुधबारबाट लघुवित्तको शेयर कारोबार दोश्रो बजारमा शुरु हुने भएको हाे । नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार गर्ने रेञ्ज दिएको… पुरा पढौ

नेप्से ३२.१५ अंकले बढ्यो, ६ अर्ब १८ करोड बढीको कारोबार

काठमाडौं, १७ चैत । साताको तेश्रो दिन मंगलबार आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ३२.१५ अंकले बृद्धि भएर २५७५.६६ विन्दुमा पुगेको छ । नेप्से १.२६ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले बृद्धि भएर ४५६.१० विन्दुमा पुगेको छ । आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर अरिदबिक्री हुँदा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार… पुरा पढौ

अजोड इन्स्योरेन्सकाे साधारण सभा वैशाख ७ मा हुने, के के छन् एजेण्डा ?

काठमाडौं, १७ चैत । अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव पारित गर्न वैशाख ७ गते तेश्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । संचालक समितिको ८७ औं बैठकले तेश्रो वार्षिक साधार सभा वैशाख ७ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डिसीसी अमन सभाहलमा बोलाएको छ । सभामा हाल कायम रहेको कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने संचालक समितिले प्रस्ताव गरेको प्रस्तावलाई पारित गरिने भएको छ । सभामा… पुरा पढौ

मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा भयो कारोबार ?

काठमाडौं, १७ चैत । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । छापावाला सुन आज रुपैयाँ ५०० ले घटेको छ । चाँदीमा १० रुपैयाँको गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन रुपैयाँ ५०० ले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन ८५ हजार ५५० रुपैयामा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला… पुरा पढौ