आर्थिक 📈

नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोड बढीको कारोबार

काठमाडौं, २४ चैत । शेयर बजारमा आज सकारात्मक संकेत देखिएको छ । आज नेप्से दोहोरो अंकले बढ्दा शेयर कारोबार सन्तोषजनक मानिएको छ । नेप्से परिसूचक आज १५.७२ अंकले बृद्धि भएर २६७४.४६ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । नेप्से आज ०.५९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले बढेर ४७६.१८ विन्दुमा पुगेको छ । आज २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिदबिक्री भएको छ भने ७ अर्ब… पुरा पढौ

बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौं, २४ चैत । साताको तेश्रो दिन मंगलबार आज छापावाला सुनको मूल्य सामान्य किसिमले बढेको छ । चाँदीको भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन रुपैयाँ ३०० ले बढेर प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ कायम भएको थियो… पुरा पढौ

रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, २४ चैत । रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका हो । परियोजनाले चैत २० गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरेर सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको थियो । जस्मा ८ हजार १५४ कित्ता कर्मचारीको लागि, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको… पुरा पढौ

साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश दिने

काठमाडौं, २४ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गर्ने जानकारी दिएकाे हो । कम्पनीका प्रबन्धक तथा सचिव उमेश कुमार ओझाका अनुसार कर्पोरेशनको सोमबार बसेको सञ्चालक समितिको वैठकले आर्थिक वर्ष २०७६/२०७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि… पुरा पढौ

किन गरिदैंछ अजोड इन्स्योरेन्सको कारोबार छानबिन ?

काठमाडौं, २४ चैत । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन र छानबिन गर्न निर्देशकको संयोजकत्वमा समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं, २३ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १,०००/- अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन । रू.१ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत… पुरा पढौ

नेप्से १.१३ अंले बढ्यो, ७ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं, २३ चैत । साताको दोश्रो दिन सोमबार आज नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढ्दा सेन्सेटिभ एण्डेक्स भने १.०९ अंकले बृद्धि भई ४७१.८४ विन्दुमा पुगेको छ । आज कुल २१२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५८ लाख ५३ हजार १५६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज शेयर कारोबार भएका… पुरा पढौ

सोमबार सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा भयो ?

काठमाडौं, २३ चैत । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनमा आज २०० रुपैयाँले गिरावट आएको हाे भने चाँदीमा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन शुक्रबारको झैं स्थिर रहि प्रतिताेला ८७ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियाे । आज तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

एभरेष्ट बैंकको सिईओमा नेपालीको प्रवेश, खालिङ नियुक्त

काठमाडौं, २३ चैत । एभरेष्ट बैंक स्थापनाको २५ वर्षपछि पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । बैंकको सिईओमा सुदेश खालिङलाई नियुक्त गरिएको हो । यसभन्दा अगाडी बैंकको सिईओमा भारतीय नागरिकलाई नियुक्त गर्ने गरिएको थियो । एभरेष्ट बैंकमा भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको छ । सोहि आधारमा आफ्नै कर्मचारीलाई बैंकको सिईओ बनाउने गरिएको थियो । भारतीय संचालकहरुले आफुले पठाएको सिईओको कार्यकुशलता प्रभावकारी नभएको भन्दै प्रश्न उठाउने पनि गरेका थिए । गजेन्द्र कुमार नेगीलाई नियुक्त गरेको… पुरा पढौ

रु १० अर्ब १४ करोड बराबरको बक्यौता महसुल उठाउन सरकारलाई निर्देशन

काठमाडौं, २३ चैत । नेपाल विद्युत् प्राधिकरणका लागि डेडिकेटेड र ट्रङ्क लाइनको महसुलसम्बन्धी विवाद कहिल्यै नसल्टिने विषय बनेको छ । सरकारले सो सम्बन्धमा आवश्यक निर्णय गर्न यसअघि नै प्राधिकरण र विद्युत् नियमन आयोगलाई आग्रह गरिसकेको छ । लेखा समितिका सभापति भरतकुमार शाहले उद्योगी–व्यवसायीबाट रु १० अर्ब १४ करोड बराबरको बक्यौता महसुल उठाउन सरकारलाई निर्देशन दिएको बताएका छन्। प्राधिकरणले पनि गत महिना मात्रै विवादित महसुल उठाउने तर किस्ताबन्दीमा भन्ने निर्णय गरिसकेको छ । कहिल्यै पनि सल्टिन नसकेको विवादलाई पुनः सङ्घीय संसद्को… पुरा पढौ