आर्थिक 📈

नक्कली बिजक बनाएर झण्डै १ अर्बको राजस्व छली

काठमाडौं, ५ फागुन । नक्कली बिजक प्रयोग गरेर १३ जनाको मिलेमतोमा झण्डै रु एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छली गरेका हुन् । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य… पुरा पढौ

नेप्से आज हालसम्मकै उच्च विन्दुमा, १० अर्ब ३५ करोड बढीको कारोबार

काठमाडौं, ४ फागुन । साताको तेश्रो दिन मंगलबार आज नेप्सेले हालसम्मै उच्च विन्दु २६०० माथि उक्लिएर नयाँ रेकर्ड कायम गरेको को छ । आज नेप्से ०.६० प्रतिशतले बढेको छ । नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ । आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयरको खरिदबिक्री भएको छ भने १० अर्ब ३५ करोड ४५ लाख ४ हजार ९५५ रुपैयाँकाे कारोबार भएको… पुरा पढौ

गरिमा विकास बैंकका अध्यक्ष बस्यालले लिए सपथ

काठमाडौं, ४ फागुन । । गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन । बैंकको सम्पन्न १४औं साधारण सभाबाट संस्थापक शेयरधनी समूह 'क' बाट श्यामप्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह 'ख' बाट विमल पाण्डे, संजिव ढकाल तथा सरस्वती पाठक संचालकमा चयन भएका थिए । सभापछि बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा श्यामप्रसाद बस्याललाइ सर्वसम्बत चयन… पुरा पढौ

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, ४ फागुन । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९०… पुरा पढौ

शिथिल भएको व्यवसाय पुनःरुत्थान गर्न मौद्रिक नीतिले सहयोग गर्छ : परिसंघ

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । चालू आवको मौद्रिक नीतिले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्र, उद्योग र व्यवसायलाई राहत दिई व्यवसाय सञ्चालनमा थप सहज हुने परिसंघले जनाएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको परिसंघको बुझाइ छ । कर्जाको ब्याजदरलाई वाञ्छित सीमामा राखी व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको उल्लेख गर्दै परिसंघले कोभिड–१९ का समयमा गरिएको कर्जाका विशेष व्यवस्था, कर्जा पुनरतालिकीकरण… पुरा पढौ

रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना

काठमाडाैं, ४ फागुन । रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ । मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए ।… पुरा पढौ

शेयर बजारमा छायाे उत्साह, नेप्से ९२.४२ अंकले बृद्धि, १० अर्ब ३८ करोड बढीको कारोबार

काठमाडौं, ३ फागुन । सोमबार आज नेप्से अधिक अंकले बृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ९२.४२ अंकले बृद्धि भएर २५८६.०१ विन्दुमा गएर रोकिएको छ । नेप्से ३.७१ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स १५.३३ अंकले बृद्धि भएर ४६९.४४ अंकमा पुगेको छ । आज २०५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर खरिदबिक्री भएको छ भने त्यसबाट १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर निष्काशन गर्ने

काठमाडौं, ३ फागुन। महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको शेयर (आइपीओ) निष्काशन गर्ने बताएको छ । कम्पनीको आज काठमाडौंमा सम्पन्न तेश्रो साधारण सभामा सर्वसाधारणका लागि छुट्याईएको ६० करोड रुपैयाँको शेयर निष्काशन गर्ने जानकारी दिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीबन बीमाका बारे तथा वर्तमान अवस्थाका बारेमा बताएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले कम्पनीको वित्तीय अवस्था, आईपरेका चुनौती र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाबाट कम्पनीको वार्षिक… पुरा पढौ

आज पनि घट्यो सुनको मूल्य, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ३ फागुन । सुनको मूल्य घट्ने क्रम आज पनि रोकिएन । आज पनि छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ९० हजार २०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुनको मूल्य ९० हजार ३०० रूपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्यमा… पुरा पढौ

चिनी मिललाई उखु अभाव

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल… पुरा पढौ