आर्थिक 📈

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

लमजुङ, ३० माघ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए । बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा… पुरा पढौ

आधुनिक उखुखेती गर्नका लागि विज्ञद्वारा किसानलाई प्रशिक्षण्

कञ्चनपुर, ३० माघ । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो । उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिन शुरु भएको छ । भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली… पुरा पढौ

सुनको मूल्य आज पनि घट्यो, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ३० माघ । साताको छैटौं दिन शुक्रबार आज सूनको मूल्यमा रुपैयाँ ६०० ले गिरावट भएको छ । चाँदीको मूल्यमा भने सामान्य रुपैयाँ ५ ले बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९० हजा ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहिबार पनि सुन तोलामा ४०० रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।… पुरा पढौ

महिला लघुवित्तको आइपीओ बिक्री आजदेखि खुल्ला

काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाकाे आजदेखि सर्वसाधारणको लागि शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला भएकाे छ । संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको हाे । संस्थाले चुक्ता पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुने ४ लाख कित्ता शेयरमा ५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ । यस्तै २० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने सर्वसाधारणले ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने भएका छन् । शेयर लगानीकर्ताले छिटोमा… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २९ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रुपैयाँ १०० का दरले २० करोड कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले पहिलो कारोबारको लागि घटीमा ११३ रुपैयाँ ६२ पैसादेखि बढीमा ३४० रुपैयाँ ८६ पैसासम्म कारोबार रेञ्ज दिएको छ । बैंकको शेयर कारोबार गर्नका लागि NIFRA संकेत पाएको छ । यसैबीच, आज नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच धितोपत्र सूचिकरण सम्झौता सम्बन्धी सम्झौता भएको छ… पुरा पढौ

नेप्से दोहोरो अंकले घट्यो, कारोबारमा डिप्रोक्स लघुवित्त अगाडी

काठमाडौं, २९ माघ । शेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.११ अंकले घट्यो भने २५२६.९२ अंकमा पुगेर अडियो । नेप्से ०.६३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुग्यो । आज २०६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खरिदबिक्री भएको छ भने यसबाट ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार गरेका… पुरा पढौ

डिप्रोक्स लघुवित्तले गर्यो २० प्रतिशत लाभांशको घोषणा

काठमाडौं, २९ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गएको वर्षको मुनाफाबाट शेरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७६, २०७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृती दिएपछि र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन् । पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २९ माघ । पाेखराकाे ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ४.०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संचालक समितिको १५४ औं बैठकले राष्ट्र बैंकको प्रारम्भिक स्वीकृती बमोजिम डेभलपमेन्ट बैंकको शेयर प्रिमियम वापत रहेको रकमबाट चुक्ता पूँजी १.०० प्रतिशतले हुने ५० लाख बोनस शेयर, आर्थिक वर्ष २०७७६/२०७७ को वितरणयोग्य संचित मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशतले हुने १ करोड चालिस लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै सोहि मुनाफाबाट कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख… पुरा पढौ

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २१ गते हुने

काठमाडौं, २९ मा । कर्णाली डेभलपमेन्ट बैंकले बैंकको १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते आयोजना गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले साधारण सभाको बारेमा गरिएका निर्णयहरुको उतार प्रतिलिपि जानकारीको लागि नेपाल स्टक एक्सचेन्जमामा पठाएको कम्पनी सचिव निरज विक्रम शाहले जानकारी दिएका छन् । पुरा पढौ

फेरी घट्यो सुनचाँदीको मूल्य तोलाको कति ?

काठमाडौं, २९ माघ । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ ४०० ले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि रुपैयाँ ४०० ले घटेको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको… पुरा पढौ