आर्थिक 📈

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडाैं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्मा यसअघी माछापुच्छ्रे बैककाे सीईओ थिए । माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए। त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्माकाे बैंकिङ क्षेत्रमा २… पुरा पढौ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २८ माघ । साताको चौथो दिन बुधबार आज सूनको मूल्य स्थिर रहेको छ । मंगलबार ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहि ९१ हजार ९०० मा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि मंगलबारको झैं प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार… पुरा पढौ

प्रभु क्यापिटलले विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने

काठमाडौं, २८ माघ । प्रभु क्यापिटल लिमिटेडले विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्न यही क्षेत्रमा कार्य गरिरहेको गैर मूनाफामूलक संंस्था होस्टे हैंसेसँग सम्झौता गरेको छ । “आँखाले ज्योती, शिक्षाले उज्यालो” भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै यो छात्रावृत्ति प्रदान गरेको बताइएकाे छ । प्रभु क्यापिटलले यसअघी पनि सामाजिक उतरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको र भविष्यमा समेत यस्ता सामाजिक… पुरा पढौ

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर जारी गर्ने

काठमाडौं, २८ माघ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया शुरु गरेको छ । बजारमा सेयर काराेबारकाे माग बढिरहेकाे बेला शेयर निष्काशन हुदा याे इन्स्योरेन्सकाे सेयर अत्यधिक बिक्री हुने कम्पनीले बिस्वास लिएकाे छ । महालक्ष्मीले स्थापनाको दुई वर्षको अवधिमा ६२ वटा शाखा र उपशाखाबाट कार्य गरिरहेको जनाएको छ । १६ हजार १९० जनालाई प्रशिक्षण दिएको, ९ वटा नयाँ कार्यक्रम ल्याएको र १६५ करोड बीमा शुल्क संकलन गरेको जनाईएको छ । कम्पनीको लगानी २५६ करोड… पुरा पढौ

निर्वाचनका लागि ७ अर्ब बराबरको स्रोत सुनिश्चित

काठमाडाैं, २८ माघ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरिसकेकि छन् । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताएका छन् । उनले निर्वाचनमा… पुरा पढौ

महासंघको बैंक तथा वित्तीय समितिकाे सभापतिमा अग्रवाल

काठमाडाैं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता रहेका छन् । कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी छन्। त्यसैगरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल,… पुरा पढौ

रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

काठमाडाैं, २८ माघ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीले मुख्यसचिव शङ्करदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगले नेपालको कूल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगको क्षमता विकास र प्रतिस्पर्धी बनाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताए । अध्यक्ष मोरले नेपालको युवा शक्ति विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवालाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको… पुरा पढौ

राधी विद्युत कम्पनीको साधारण सभा फागुन १९ गते, कस्ता छन् एजेण्डा ?

काठमाडौं, २७ माघ । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सभा आगामी फागुन १९ गते आयोजना गरिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित रजिष्टर्ड कार्यालयमा गर्ने निर्णय भएको परिपालन अधिकृत पूर्णप्रसाद तिमिल्सनाले जानकारी दिएका छन् । सभामा संचालक समितिको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि समयको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने भएको… पुरा पढौ

शेयर बजार २९.०१ अंकले ओरालो लाग्याे, ८ अर्ब १४ करोड बढीकाे काराेबार

काठमाडाैं, २७ माघ । शेयर बजार आज ओरालो झरेको छ । नेप्सेपरिसूचक २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा रहेको छ । नेप्से १.१३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ४.८९ अंकले घटेर ४६१.७० विन्दुमा रहेको छ । आज १९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर खरिदबिक्री भएको छ भने ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार केहि समयको अन्तरालमा कारोबार रकम पनि घटेको छ ।… पुरा पढौ

सनराइज बैंकमा पुनः बिवाद, सीईओले दिए राजीनामा

काठमाडौं, २७ माघ । सनराइज बैंकमा पुनः बिवाद देखिएको छ । बैंक सञ्चालक समितिभित्रै बिवाद देखिए पछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । केहि सञ्चालकहरुले बैंकका सीईओ शर्माले आफूले जे भनेपनि नमानेको भन्दै केहि समय अघिदेखि दवावमा पार्दै आएका थिए । बैंकभित्रको बिवादले उग्ररुप लिए पछि राष्ट्र बैंकसम्म पुगेको थियो । अघिल्लो वर्ष राष्ट्र बैंकले बैंकका सञ्चालकहरु र व्यवस्थापन पक्षलाई बोलाएर सम्झाएर पठाएको थियो । त्यसयता केहि समय मत्थर देखिए पनि पुनः बिवाद देखिएको हो… पुरा पढौ