आर्थिक 📈

बैंकमा थुप्रियो २ खर्ब तरलता,बैंकर्स भन्छन्-कर्जा लगानी नै हुँदैन

काठमाडौं, १४ भदौं । बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । कोरोना भाइरस आउनु भन्दा अगाडिसम्म बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव झेलिरहेका थिए । तरलता अभावका कारण कर्जा लगानी नै गर्न पाइएन भन्ने बैंकहरुलाई यतिबेला भने अधिक तरलता थुप्रिए पछि पुर्पुरोमा हात लगाएर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट लकडाउन यतामात्रै ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । राष्ट्र बैंकले रिभर्स… पुरा पढौ

तीन हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा

वाग्मती, १३ भदौ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ । काठमाडाँैलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी… पुरा पढौ

रेल्वे विभागको ठेक्कामा मिलेमतो छैन:महासङ्घ

काठमाडौं, १३ भदौ । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काको विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको मिलेमतो नभएको बताएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता छैन, महासचिव रोशन दाहालले भन्नुभयो :“महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर प्रचारप्रसार भइरहेकाले सचेत हुन जरुरी छ ।” दाहालले सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको र यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहेको जनाए । सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाकोलागि… पुरा पढौ

क्लोथ बैंकद्वारा अक्सिजन सेवा सञ्चालन

जनकपुरधाम, १० भदौ । प्रदेश २ मा कोरोना सङ्क्रमण बढ़दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ । विपन्नका लागि लुगा सहयोग गर्दै आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडको अभावमा होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइरहेकालाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ । घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२… पुरा पढौ

मंगलबारको सेयर बजार: अधिकांश समूह हरियो, परिसूचक ९ अंकले उकालो

काठमाडौं, भदौं ९ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार सेयर कारोबार रकम १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँ पुगेको छ ।… पुरा पढौ

शेयर बजार उचालियोः नेप्से २१ अंकले बढ्दा २ अर्ब माथिको कारोबार

काठमाडौं, भदौं ८ । शेयर बजार हरियाली छाएको छ । सोमबार हाइड्रोपावर बाहेक सबै उपसमूह बढेर हरियाली देखिएको हो । सोमबार नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात २१.२६ अंक बढेर १४३१.६० विन्दुमा पुगेको छ। नेप्से बढ्दा यस दिन कारोबार रकम भने २ अर्ब नाघेको छ। यस दिन १८२ कम्पनीहरुको २७ हजार ५६६ पटकको कारोबारमा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको ४९ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। २ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन नेपाल… पुरा पढौ

बैंकमा भीड बढ्यो, थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौं ८ । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको छ । बैंकका शाखा कार्यालयहरु सिमितमात्रै सञ्चालनमा आउदा अत्यधिक भीड बढेको हो । अहिले एक बैंक बराबर काठमाडौं, भक्तपुर र ललितपुरमा प्रधान कार्यालयसमेत गरेर जम्मा ४ वटा शाखामात्रै सञ्चालनमा रहेका छन् । थोरै शाखा खोल्दा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले थप शाखा खोल्न निर्देशन दिएको हो । राष्ट्रले आइतबार बैंक शाखाहरू निरीक्षण गर्दा खोलिएका अधिकांश शाखामा भिडभाड देखिएपछि आवश्यकताअनुसार थप शाखा खोल्न निर्देशन दिएको हो । नेपाल… पुरा पढौ

शेयर बजारमा छायो हरियाली, एक अर्ब १० करोडको कारोबार

काठमाडौँ, भदौ ७ । कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु। एक अर्ब माथि भएको छ । कूल १८४ कम्पनीको २४… पुरा पढौ

सुनको मूल्यमा ह्रास, छापावाला सुन मूल्य प्रतितोला ९८ हजार ४ सय

काठमाडौँ, भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।    महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ । शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो ।     पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनामा पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली… पुरा पढौ