आर्थिक 📈

नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौं, १९ भदौं । नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्ने बताएको छ । कोषले बिहीबार निकालेको सूचनामा उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको बताएको हो ।राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि २ वर्षसम्मको मुद्दति निक्षेपमा लगानी गर्न कोषले इच्छा व्यक्त गरेको हो । “बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समय तोकेर सिलबन्दी प्रस्ताव पठाउनु पर्नेछ”, कोषले भनेको छ । भदौ महिनाको २१… पुरा पढौ

नेपाली अलैँचीको ‘ब्राण्ड’ अब अन्तर्राष्ट्रिय बजारमा

इलाम, १९ भदौ । नेपाली अलैँचीको ‘ब्राण्ड’ अब अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउन लागेको हो । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । अन्य देशमा स्वीकृतिको प्रक्रियामा रहेको छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तानमा अलैँची लैजान सकिने भएको छ । निजी क्षेत्रसँग भएको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो ।… पुरा पढौ

नेप्से परिसूचक झिनो अंकले गिरावट, बिहीबार २ अर्ब ४८ करोडकाे कारोबार

काठमाडौं, १८ भदौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिानो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.१५ अंकले घटेर १ हजार ५ सय १० दशमलव ४२ अंकमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने करिब साढे दुई अर्ब पुगेको छ । बिहीबार २ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचक भने शुन्य दशमलब १५ प्रतिशतले गिरावट भइ एक हजार पाँच सय १० दशमलब ४२ विन्दुमा पुगेको छ ।… पुरा पढौ

अमेरिकी डलरको मूल्य घट्यो, ३ महिनामा करिब ५ रुपैयाँले गिरावट

काठमाडौं, १८ भदौ । अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट आएको छ । लकडाउन अघि एक अमेरिकी डलर बराबर १२२ रुपैयाँ पुगेको मूल्य अहिले ११६ रुपैयाँमा झरेको छ । पछिल्लो तीन महिनाको मात्रै मूल्य हेर्ने हो भने पनि करिब ५ रुपैयाँले अमेरिकी डलरको मूल्य गिरावट भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा… पुरा पढौ

वाणिज्य विभागको बजार अनुगमनबाट १५ दिनमा ४० लाख राजश्व सङ्कलन

काठमाडौं, १८ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालीस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्दा १५ दिनमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उनका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र १५६ फर्ममा… पुरा पढौ

नेप्से परिसूचक २५ .५८अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १७ भदौं । साताको चौथो दिन नेप्से २५ .५८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २५ .५८ अंकले बढेर १ हजार ५१० दशमलव ५७ विन्दुमा कार्यम भएको छ ।नेप्सेका अनुसार आज ४ अर्ब १८ करोड १० लाख बढीको कारोबार भएको छ । आजको कारोबारमा अनपेक्षितरुपमा सबैजसो हाइड्रोपावरको शेयर मूल्य बढेको छ । यहि क्रममा ३२ वटा हाइड्रोपावरमा त सकारात्मक सर्किट नै लाग्यो । पुरा पढौ

६ स्थानीय तहमा अझै पुगेनन् ‘क’ वर्गका बैंक

काठमाडौं, १७ भदौ । मुलुकका सबै स्थानीय तहहरुमा ‘क’ वर्गका अर्थात वाणिज्य बैंक पुर्याउने सरकारी योजना शुरु भएको लामो समय पुगिसक्दा समेत लक्ष्य हासिल हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने उल्लेख गरेको थियो । बजेट कार्यान्वयनका लागि केन्द्रीय बैंकले मोदिक्र नीतिमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुर्याउने उल्लेख गरेको थियो । केन्द्रीय बैंकको सर्कुलर पछि सञ्चालनमा रहेका तत्कालिन २८ वटा वाणिज्य बैंकहरुले स्थानीय तहहरु भगवण्डा… पुरा पढौ

डाउन पिलुवा आयोजनाका लागि जुट्यो लगानीः ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने

काठमाडौं, १६ भदौ । सिटिजन्स बैंकको अगुवाईमा संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तियकरण मार्फत परियोजनाका लागि एक अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ। बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन्। यसमध्ये, सिटिजन्स बैंकले। ६५ करोड,… पुरा पढौ

शिखरकाे करिब ३२ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १४ भदौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर नेप्से मा सूचीकृत भएको छ । कम्पनीले उक्त हकप्रद वापतको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर आइतवार सूचीकृत गराएको हो । सोमवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । पुरा पढौ

नेप्से परिसूचक ४.६४ अंकले बढयो

काठमाडौं, १४ भदौ । साताको पहिलो दिन नेप्से ४.६४ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.६४ अंकले बढेर १ हजार ४६२ दशमलव ६७ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज डेढ अर्ब बढीको कारोबार भएको छ । १८५ कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर खरिदबिक्री भएका हुन् । कुल १२ समूहको कारोबार भएकामा ३ समूहका सूचक राता भएका छन् भने बाँकी हरियो देखिएको छ । पुरा पढौ