आर्थिक 📈

किसानको समस्या टार्दैछ साल्ट ट्रेडिङ, पूर्वमा आजबाट मल वितरण हुने

मोरङ, भदौ ७ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आज सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य रु ७०० कायम भएको छ भने… पुरा पढौ

चियाको अवैध निकासी: देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो

इलाम, भदौ ६ ।   “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, “यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ ? स्थानीय तह किन बोल्दैन”, कागतेले आफ्ना कुरा राख्नुभयो र सम्पर्क विच्छेद गरे । यो कागतेको यो शैलीले चिया व्यापारमा देखिएको समस्या झल्काउँछ ।        आफै प्रदेश सांसद भएपनि अवैध तवरले चिया गइरहेको बारेमा… पुरा पढौ

लघुवित्तमा शुरु हुँदैछ मर्जरको लहर, मिर्मिरे र नागबेलीकाे एकिकृत कारोबार आइतबार

काठमाडौं, भदौं ४ । लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको चर्चा पछि अब मर्जरमा जान थालेका छन् । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुले स्वेच्छिक मर्जरको बाटो रोजेका हुन् ।पछिल्लो समय मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गएका छन् । यि संस्थाहरुबीच भदौ ७ गतेदेखि एकिकृत कारोबार हुँदैछ। मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो । यी दुवै कम्पनीले प्राप्ती सम्वन्धि प्रस्ताव असार २० गते छुट्टाछुट्टै… पुरा पढौ

नेप्से परिसूचक ६.२८ अंकले बढ्यो

काठमाडौं, भदौ ४ । साताको पाचौँ दिन शेयर बजार ६.२८ अंकले बढेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.२८ अंकले बढेर १ हजार ३९७ दशमलव ५७ विन्दुमा कायम भयको छ । नेप्सेका अनुसार आज ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोबार भएको छ । आज म्यूचुअल फण्ड र होटलबाहेकका सबै समुहहरुमा हरियाली छाएको छ । पुरा पढौ

लगानीकोअवसर : आजबाट खुल्यो दुई कम्पनीको आईपीओ

काठमाडौं, भदौ ४ । दुई कम्पनीको आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारदेखि आईपीओ निष्काशनमा ल्याएका हुन् । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो । इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि… पुरा पढौ

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं, ३ भदौ । साताको चैथो दिन शेयर बजार १६.६० अंकले घटेको छ । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर १ हजार ३९१ दशमलव २९ विन्दुमा कायम भयको छ । यो १ दशमलव १८ प्रतिशतको गिरावट हो । बुधबार १८५ कम्पनीको २४ लाख कित्ता शेयर कारोबार हुँदा ९७ करोड ६२ लाखमाथीको कारोबार भएको छ ।  यसैगरि बुधबार सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १७ हजार कित्ता माथी र ग्लोबल आइएमई बैंकको १ लाख ५ हजार… पुरा पढौ

प्रभु क्यापिटलमा निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं, २ भदौ । प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप गरेको छ । साउनभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि कम्पनीले ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकोमा सो सुविधा भदौ मसान्तसम्म समय थप गरेको हो । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । सो योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपालभरी रहेका… पुरा पढौ

निषेधाज्ञामा पनि बैंक खुलै रहने, सम्भव भएसम्म डिजिटल कारोबार गर्न अनुरोध

काठमाडौं, ३ भदौ । काठमाडौंमा आगामी १० गतेसम्मका लागि निषेधाज्ञा जारी हुदैछ । काठमाडौं, भक्तपुर र ललितपुर तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भए पनि बैंकहरु भने खुलै हुने भएका छन् । १२० दिन लामो लकडाउनमा पनि खुला रहेका बैंक यो निषेधाज्ञामा पनि खुला नै रहने भएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकको सेवा नरोकिने बताए । अत्यावश्यकको सूचीमा बैंक रहेको भन्दै उनले सेवा… पुरा पढौ

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो

काठमाडौं, २ भदौ । साताको तेस्रो दिन शेयर बजार ५.६८ अंकले बढेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भयको छ । दिनभर भएका १ सय ८९ कम्पनीको १६ हजार ८ सय कारोबारबाट ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको… पुरा पढौ

कोभिड प्रभावित क्षेत्रलाई ५ प्रतिशत ब्याजमा पुनरकर्जा, कुन–कुन क्षेत्रले पाउछन् ?

काठमाडौं । कोभिड प्रभावित क्षेत्रहरुलाई सहुलियत दिनका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको प्रक्रिया शुरु गरेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेर पुनरकर्जाका लागि आवेदन माग गरेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ… पुरा पढौ