आर्थिक 📈

चिरख्वा हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २५ भदाै । चिरख्वा हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २८ गतेदेखि स्थानिय जनताकाे लागि सेयर खुलाएकाे हाे । कम्पनीले ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे हाे । सेयरमा भोजपुरका जनताले आवेदन दिन पाउने कम्पनीले जनाएकाे छ । सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० तथा आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने भएका… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशको मुद्राको भाउ केहि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी… पुरा पढौ

हाथवे इन्भेष्टमेन्टकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, २५ भदाै । हाथवे इन्भेष्टमेन्ट नेपालले खुलाएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि सेयर खुलाएकाे थियाे । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सेयर निष्काशन गरेको हाे । जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनकाे स्वीकृति लिएकाेमा पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार… पुरा पढौ

नेप्से १९४२.६८ विन्दुमा उक्लियो, १ अर्ब बढीको कारोबार

काठमाडौं, २४ भदौ । केहि दिनको ओरालाको यात्रालाई बिश्राम दिदैं नेप्सेले उकालोको यात्रा तय गरेको छ । नेप्सेको उकालोको यात्राले केहि सुधार आउँछ कि भन्ने लगानीकर्ताको अपेक्षा रहेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंकको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३२ अंकले बढेर ३७३.९० विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये १ वटामा मात्रै रातो लागेको छ । बाँकी १२ वटामा हरियो लागेको छ ।… पुरा पढौ

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त निर्वाचित

काठमाडौं, २४ भदौ । फाइनान्स कंपनीका प्रमुख कार्यकारी अधिकृतहरू रहेकाे संस्था नेपाल वित्तीय संस्था संघको अध्यक्षमा बैकर सुनिल पन्त चयन भएका छन् । शुक्रबार पाेखरामा सम्पन्न २७ र २८ औं वार्षिक साधारण सभाबाट आईसीएफसी फाइनान्सका सीईओ रहेका पन्त अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् । त्यसैगरी संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्स लिमिटेडका सीईओ रविचन्द्र गुरुङ निर्विराेध निर्वाचित भएका छन । द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोजमान श्रेष्ठ चयन भएका छन् भने, महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका… पुरा पढौ

सुन तोलाको १ लाख ११ हजार ९ सयमा झर्यो, चाँदी पनि घट्याे

काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने आईतबार आज पहिलो कारोबार हुने दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए ?

काठमाडौं, २४ भदाै । माण्डु हाइड्रोपावरको सेयर (आइपीओ) बाँडफाँड आज सकिएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान गरिएकाे गोलाप्रथाबाट १ लाख २० हजार ५३२ जनाले सेयर हात पारेका छन् । उनीहरुले १० कित्ताका दरले सेयर हात पारेका हुन्। कम्पनीका अनुसार सेयरमा १० लाख १६ हजार ७१४ जनाकाे आवेदन पेश भएकाेमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द गरिएकाे थियाे । योग्य मानिएका ८ लाख ७२ हजार ८३७ जना आवेदकहरुबीच गोला हालिएकाे हाे । भदौ १० गतेदेखि १३… पुरा पढौ

राष्ट्र बैङ्ककाे रू १० अर्बको विकास ऋणपत्रमा आज बोलकबोल

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र निष्कासन गर्दैछ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् । विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि आज २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ । भदौ २५ गते… पुरा पढौ

रिपब्लिक मिडिया रु १३ लाख २४ हजार नाफा कमाउन सफल

काठमाडौं, २४ भदाै । नेपाल रिपब्लिक मिडियाले १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा कमाउन सफल भएकाे छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साे नाफा कमाएकाे हाे । अघिल्लो वर्ष याे वर्ष साेहि अवधिमा याे नाफा रुपैयाँ ४ करोड ८२ लाख ८ हजार घाटामा थियाे । कम्पनीले २६ करोड १ लाखको कारोबार गरेको देखिएकाे छ । अघिल्लो वर्ष यस्ताे काराेबार रुपैयाँ २० करोड २६ लाख रहेकाे थियो ।  कम्पनीले प्रशासनिक खर्च बढेकाे छ । याे बढेर ६… पुरा पढौ

आईतबार अमेरिकी डलर, यूरो र अन्यको भाउ कति छ ?

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूरो तथा अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२… पुरा पढौ