आर्थिक 📈

सुनको भाउ उकालो लाग्दै, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १४ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले बढेको हो । चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

लगातार अमेरिकी डलर र यूरोको भाउमा बृद्धि, अन्यको कति ?

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८ पैसा… पुरा पढौ

देशको अर्थतन्त्र जटिल अवस्थामा पुग्याे : अध्यक्ष ढकाल

काठमाडौं, १४ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन्र । बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।” उहाँले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, सवा १ अर्बको कारोबार

काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । दुईदिन अघि उकालो लागेको नेप्से एकदिन पनि टिक्न नसकि ओरालोमा यात्रामा गएपछि लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१३ अंकले घटेर ३८१.७१ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा… पुरा पढौ

एमसिसीको ५ वर्षे समयावधि आजदेखि सुरु

काठमाडौं, १३ भदौ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु भएकाे छ । आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को… पुरा पढौ

सस्तोमा अण्डा बिक्री गरिरहेका किसानले मूल्य पाउन थाले

चितवन, १३ भदौ । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्य भएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । २ महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) ४ सय ५५ र मिडियम ४ सय २५ तोकेको छ । यस अघि अण्डाको… पुरा पढौ

सुन तोलाको १ लाख १२ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १३ भदौ । लगातार सुनचाँदीको भाउ उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने आज बुधबार चौथो दिन हो । नेपाली बजारमा सुनचाँदीको भाउ अझैं उकालाे लागेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनमा रुपैया ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जानकारी दिएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको रुपैयाँ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ७… पुरा पढौ

सेल्सवेरीकाे ‘म्याजिक मनसुन अफर’ मा ३० प्रतिशत सम्म छुट पाइने

काठमाडौं, १३ भदाै। सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ । सेल्सवेरीमा सपिङ गर्ने सबै ग्राहकले याे अफर अन्तर्गत भदौ महिनाभरी अधिकतम ३० प्रतिशतसम्मकाे भारी छूट प्राप्त गर्न सक्ने भएका छन । रक्षावन्धन, गाइजात्रा, कुशे औशी र तीजलाई लक्षित गरी याे अफर ल्याइएको सेल्सवेरीले जनाएकाे छ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने याे मनसुन अफर अन्तर्गत वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४ पैसा र… पुरा पढौ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष एलफोर्ड नेपालमा, आज सम्झौता कार्यान्वयन हुँदै

काठमाडौं, १३ भदौ । संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आएका छन्। नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल भ्रमणमा आएका हुन्। नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ । “यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न… पुरा पढौ