आर्थिक 📈

एचआइडिसिएललाई ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने

काठमाडौं, १३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने बताएका छन् । सरकारले एचआइडिसिएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताए। ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कूल रु… पुरा पढौ

नौमुरे जलविद्युत् आयोजनाको ८२ प्रतिशत रकम फ्रिज

अर्घाखाँची, १३ भदौ । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा… पुरा पढौ

१३ करोडको आईपीओ ल्याउदै श्रीनगर एग्रिटेक

काठमाडौं, १२ भदाै। श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले १३ करोडको आईपीओ ल्याउने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता समेत गरेको  छ। सम्झौतापत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर भएकाे छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने रु. १०० दरको १३,००,००,००० (अक्षरुपी तेह्र करोड) रकम… पुरा पढौ

बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आज आयोजित परामर्श गोष्ठीमा उनले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए । अध्यक्ष तिमिल्सिनाले भने, “बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दीगो विकास लक्ष्य प्राप्त… पुरा पढौ

दाेश्नाे दिनमै नेप्सेमा करेक्सन, कारोबार साढे ८६ करोडमा झर्यो

काठमाडौं, १२ भदौ । अघिल्लो दिन ५.०९ अंकले उकालोको यात्रामा गएको सेयर बजार एकदिन बढी टिक्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा फेरी करेक्सन भएको छ । आज नेप्से ५.०५ अंकले ओरालो लागेको हो । केहि दिनको अन्तरालपछि सोमबार समान्य ढंगले उकालो लागेको दृश्यले अब त सकारात्मक बन्छकि भन्ने अपेक्षा गरिएको भएपनि लगानीकर्ताको त्यो अपेक्षा भने अधूरै रह्याे । काराेबार पनि घटेर साढे ८६ कराेडमा सिमित भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

मंगलबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १२ भदौ। आज मंगलबार साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी दिएको हो । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख… पुरा पढौ

अमेरिकी डरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३२… पुरा पढौ

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १२ भदौ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। भदाै १३ गते भाेलि बुधबार दुबै योजनाहरुकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिने भएकाेले आजसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका कारोबार भइ कायम इकाईधनीहरुले मात्रै यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ इक्विटी फण्डकाे गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिएकाे थियाे । यस्तै… पुरा पढौ

भदौ १३ देखि हकप्रद सेयर बिक्री गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं, १२ भदाै । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा हकप्रद सेयर बिक्री गर्न लागेकाे जनाएकाे छ । कम्पनीले भदौ १३ गतेदेखि यसअघि वितरण नभएकाे हकप्रद सेयर लिलाम बढाबढ गरेर बिक्री गर्ने भएको हाे । कम्पनीका अनुसार १० बराबर ५ काे रेसियाेमा जारी गरिएकाे सेयरमा पूरा आवेदन नपरेपछि बिक्रीमा ल्याउन लागिएकाे हो। कम्पनीले गएकाे असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ काे रेसियाेमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद जारी गरेको थियो। साउन… पुरा पढौ

यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषय

पाेखरा, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा पोखरामा छलफल गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने… पुरा पढौ