आर्थिक 📈

सुन तोलाको १ लाख १० हजार ४ सयमा झर्यो, चाँदी पनि घट्याे

काठमाडौं, ३२ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १… पुरा पढौ

सन नेपाल लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ३२ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि सेयर आईपीओ खुलाएकाे छ। सर्वसाधारणले ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागिसेयर निष्काशन गरी बाँडफाँड गरेपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशनकाे अनुमति प्राप्त गरेकाे थियो। कुल सेयरबाट ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोलगायत अन्यको घट्यो

काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

मलेखु (धादिङ), ३२ साउन । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक… पुरा पढौ

नेप्सेको ओरालोको यात्रा रोकिएन, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, ३१ साउन । नेप्सेको ओरालोको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्से ओरालोको यात्रामा गएको छ। अघिल्लो दिन ३१.८० अंकले गिरावट भएको नेप्सेमा यसदिन २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम भएको छ । नेप्सेको नकारात्मक लय हटेर हरियाली वातावरण भईरहने अवश्था कहिले बन्ने हो त्यो भविश्यको गर्भमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ… पुरा पढौ

विदेश जाने वित्तिकै सबै कुरा पाइन्न : अर्थमन्त्री डा महत

काठमाडौं, ३१ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी छ भने। “हामीकहाँ विकास हुन बाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी… पुरा पढौ

पाैने ६ अर्बको विकास ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

काठमाडौं, ३१ साउन। नेपाल राष्ट्र बैंकले तेस्रो पटक ५ अर्ब ८४ कराेड बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारका तर्फबाट केन्द्रीय बैंकले याे विकास ऋणपत्र जारी गर्न लागेको हो । भदौ १ गते जारी हुने याे ऋणपत्र ६ वर्षे अवधिकाे हुनेछ। केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्रको ८५ प्रतिशत प्रतिस्पर्धी र बाँकी १५ प्रतिशत अप्रतिस्पर्धीलाई छुट्याइएको बताइएकाे छ। यसअघि दुइपटक गरि १० अर्ब दरकाे विकास ऋणपत्र जारी भइसकेको छ। पहिलो ऋणपत्रको ब्याज साढे ६ प्रतिशत र दोस्रोको ७… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको १… पुरा पढौ

मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो थियाे। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे । कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएकाे हाे । आयोजना प्रभावित क्षेत्रका जनताका लागि खुलाइएाे सेयरमा माग अनुसारकाे आवेदन नपरेपछि बाँकी भएकाे ६ लाख १६ हजार… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ