आर्थिक 📈

पेट्रोलमा १४ र डिजेलमा ५ ले बढ्याे भाउ

काठमाडौं, ३१ साउन । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मुल्य बढाउदै मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ । पुरा पढौ

बरामद सुन प्रकरण : गालेपछी तौल ६० किलो ७१६ ग्राम कायम

काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम… पुरा पढौ

नेप्सेमा ३१.८० अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं, ३० साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ । नेप्सेमा १.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा पुगेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा रातो लागेको छ । कुल २७८ कम्पनीहरुको ५६ लाख ३… पुरा पढौ

कृषि पेशाबाटै शिवले कमाउछ्न् मासिक डेढ लाख

भरतपुर, ३० साउन । नेपालमै कृषि पेशा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका थिए । विसं २०७२ देखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैसी छन् । उनको फार्ममा अहिले… पुरा पढौ

पर्यटक आगमनकाे बृद्धिसंगै चन्द्रागिरी हिल्सकाे नाफामा ७९६.४१ प्रतिशतले बृद्धि

काठमाडौं, ३० साउन । चन्द्रागिरी हिल्स लिमिटेडकाे नाफामा पटक उल्लेख्य रुपमा सुधार भएकाे छ । पर्यटक बढेसंगै कम्पनीकाे नाफामा ७९६.४१ प्रतिशतले बृद्धि भएकाे हाे। कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा बृद्धि भएकाे हाे । कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म रुपैयाँ १५ करोड ११ लाख खुद नाफा कबमाएकाे देखिएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा ७९६.४१ प्रतिशतले भएकाे हाे । अघिल्लो आर्थिक वर्षमा याे नाफा… पुरा पढौ

तेश्रो दिन सुनको भाउ स्थिर, चाँदीमा बृद्धि

काठमाडौं, ३० साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा परिवर्तन भएको छैन । चाँदीको भाउ भने रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । यसरी भाउ स्थिर रहेपछि छापावाल सुन आज तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको… पुरा पढौ

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

काठमाडौं, ३० साउन । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेकाे छ । साथै यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र… पुरा पढौ

आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन शुरु

बेनी, ३० साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिइन। उनका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन्… पुरा पढौ

सबै निकायमा विद्युतीय खरिद प्रणालीको कार्यान्वयन अनिवार्य

काठमाडौं, २९ साउन । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक बोलपत्रदाता, दुई हजार सात सय ४३ बैंक शाखा आबद्ध भइसकेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिए। उक्त प्रणालीमा हालसम्म एक लाख ५९ हजार छ सय ६० बोलपत्र सूचना प्रकाशित भइसकेका र पाँच लाख ५२… पुरा पढौ