स्वास्थ्य

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण, अवस्था सामान्य

विराटनगर, १६ भदौ । प्रदेश नंवर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमवार राति भएको परिक्षणमा नतिजा पोजेटिभ देखिएको हो । मन्त्री घिमिरे भदौ १३ गते धनकुटा अस्पतालको निरिक्षणमा जानु भएको थियो । त्यहाँबाट फर्किए लगत्तै उहाँलाई पखाला लागेको थियो । सोमवार देखि ज्वरो आउन शुरु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल घिमिरे निवासमै सुरक्षित तवरले बसिरहनु भएको सचिवालयले बताएको छ… पुरा पढौ

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्यले आफूमा संक्रमण पोजेटिभ देखिएपछि अहिले आइसोलेसनमा बसेको बताएका छन् । उनले श्रीमतीलाई १०० डिग्री ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा आइतबार नियमित जाँचका लागि गएको बेला पीसिआर परीक्षणका लागि स्वाब दिएका थिए । अस्पतालले आज मेयर शाक्यको पोजेटिभ रिर्पोट आएको र उनको श्रीमतीको भने नगेटिभ आएको जनाएको हो । आफुमा संक्रमणको लक्षण नदेखिएको र अहिले घरमै बसिरहेको बताएका छन् । पुरा पढौ

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गोरखाको आरुघाट निवासी ६५ वर्षीया महिलाको भदौ १३ मा काठमाडौंस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा भदौ ४ देखि नै उपचाररत् उनको निधनकै दिन भदौ १३ मा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले विज्ञप्तिमार्फत जनाएको छ । ती महिला हाइपोथाइरोडिजम तथा मिगौैलाबाट लामो समयदेखि ग्रसित थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो नियमित प्रेस ब्रिफिङमा समेत ती महिलाको कोरोना संक्रमणको कारण… पुरा पढौ

नेपालमा ८९९ संक्रमित थपिए,एक बालिकासहित ७ को मृत्यु

काठमाडौं, १५ भदौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । साथै मृत्यु हुनेक्रम पनि रोकिएको छैन । गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ वर्षीया बालिकासहित ७ जनाको दुःखद निधन भएको छ । आइतबारमात्रै नेपालमा १४ जनाले ज्यान गुमाउँदा १ हजार २ सय २१ संक्रमित थपिएका थिए । सोमबार ज्यान गुमाएका ७ मध्ये ३ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो । जसमा महोत्तरीकी ४ वर्षीया… पुरा पढौ

कोभिड १९ को परिक्षण शुल्क ४ हजार ४०० मात्रै

काठमाडौं, १५ भदौ । कोभिड १९ को परिक्षणको लागि अब ४ हजार ४०० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्वन्धमा सोमवार बसेको वैठकले कोभिड १९ को परिक्षणको लागि ४ हजार ४०० भन्दा वढी लिन नपाउने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको वैठकले सःशुल्क रुपमा कोभिड १९ को परिक्षण गर्ने सबै प्रयोगशालाहरुले परिक्षण वापत लाग्ने सेवा शुल्कसहित अधिक्तम ४ हजार ४०० रुपैयाँ मात्रै… पुरा पढौ

गण्डकीमा भेटिए थप ७ संक्रमित

पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । पोखरा सहित विभिन्न ठाउँमा भएको परीक्षणमा प्रदेशका थप ७ जना संक्रमित फेला परेका हुन् । त्यसमध्ये फेवा सिटी अस्पतालमा उपचाररत् लमजुङ बेसीशहर–१० की ७१ वर्षीया महिला संक्रमित भेटिएकी छन् । उनको क्षयरोग उपचार केन्द्र पोखरामा नमुना परीक्षण भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ६ मा ३७ वर्षीय पुरुष तथा क्षयरोग उपचार केन्द्रको परीक्षणमा वडा ८ का ५५ वर्षीय पुरुष… पुरा पढौ

चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

चितवन, १५ भदौ । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा सोमबार मृत्यु भएको छ। भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएकोमा बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । पुरा पढौ

भक्तपुरमा होम आइसोलेसनमै सङ्क्रमितको मृत्यु

भक्तपुर, भदौ १४ । उच्च रक्तचाप र मधुमेह लगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेसनमै गए राति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेसनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए । वडाध्यक्ष… पुरा पढौ

तनहुँको भानुमा एकै पटक २२ संक्रमित भेटिए

पोखरा, १४ भदौ । तनहुँ जिल्लाको भानु नगरपालिकामा एकैपटक २२ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये ३ महिला छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी भानुको वडा ६ मा ९ जना पुरुष, वडा ७ मा १० जना पुरुष र ३ महिला गरी कुल २२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो। उनीहरु सबैको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा भएको हो । तीमध्ये वडा ६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८ र… पुरा पढौ

कोरोनाबाट पाटन अस्पतालमा एक युवकको मृत्यु

काठमाडैं, भदौ १४ । ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । युवकको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।ललितपुर निवासी ती युवकको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । पुरा पढौ