मुख्य समाचार

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने, आज बोलकबोल

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब रूपैयाँ र ३६४ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । ९१ दिनको ट्रेजरी बिल २०७८ भदौ २९ गते परिपक्क हुनेछ भने ३६४ दिनको ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ । ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोलमार्फत बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ । पुरा पढौ

काठमाडौंका ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै

काठमाडौं, ३१ जेठ। काठमाडौं महानगरपालिकाले आज र भोलि ६० र ६१ वर्षका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। यसअघि गत शुक्रबार र शनिबार खोप लागाउने भनिएपनि खोप अभावमा स्थगित गरिएको कार्यक्रम आज र भोलि संचालन गर्न लागिएको हो। महानगरपालिकाले पुरानै कार्यक्रम अनुसार सोमबार र मंगलबार ६० र ६१ वर्षका व्यक्तिलाई चाइनिज भेरोसेल खोप लगाउन लागेको हो। खोप लगाउन चाहनेले बिहान १० देखि दिउँसो ४ बजेभित्र वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, विरेन्द्र सैनिक अस्पताल, छाउनी र निजामती कर्मचारी (सिभिल) अस्पताल… पुरा पढौ

देशभर फैलियो मनसुन : यो साता भारी वर्षाको संभावना

काठमाडौं, ३१ जेठ। यो वर्षको मनसुन देशभरी नै फैलिएको छ। गत शुक्रबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभरी फैलिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभरी नै मनसुन फैलिसकेकाले यो हप्ता देशभरी नै हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी र थोरै स्थानमा अति भारी वर्षाको संभावना छ। निरन्तर वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखम भएकाले भिरालो जमिन र नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार मनसुनी वायु सक्रिय हुँदै गएकाले अब… पुरा पढौ

कास्कीमा असार ७ सम्म निषेधाज्ञा थपियो

पोखरा, ३० जेठ । कास्कीमा एक सातासम्म निषेधाज्ञा अवधि बढाइएको छ । डिसिसिएमसीको निर्णयका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने आदेश जारी गरेका हुन् । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लामा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिँदै थियो । आइतबार जारी आदेशमा असार १ देखि लागु हुने गरी दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध तथा… पुरा पढौ

३८.३२ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोड बढीको कारोबार

काठमाडौं, ३० जेठ । साताको पहिलो दिन आइतबार आज शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । कारोबारको बृद्धि संगसंगै सूचकहरुमा नयाँ रेकर्ड कामय भएको छ । नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भएर २९८३.१० विन्दुमा पुगेको छ । नेप्से १.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.५४ अंकले बृद्धि भएर ५३९.४१ विन्दुमा पुगेको छ । कुल २२० वटा कम्पनीको शेयर कारोकार भएको छ । ३ करोड, ७० लाख ७६ हजार ४३९ कित्ता शेयरको कारोबारबाट १९ अर्ब ५५ करोड १६ लाख… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप

काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद थप गर्दै केही खुकुलो बनाइएको छ । निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने भएको छ । संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने जनाइएको छ । सवारी आवागमनमा लगाइएको रोक यथावत छ । होटल रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान ७ देखि होटल रेस्टुरेन्टले टेक अवे… पुरा पढौ

सरकारी निवास छोड्नुअघि पृथ्वीसुव्वा गुरुङले भने–विपक्षी गठबन्धनको आयु लामो छैन

पोखरा, ३० जेठ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विपक्षी गठबन्धनको आयु लामो नभएको दाबी गरेका छन् । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । ‘सर्वप्रथमतः जुन उद्देश्यअनुसार गठबन्धन बनाइएको छ, उद्देश्यअनुरुप चलोस् भन्ने कामना गर्छु,’ उनले भने, ‘जे गठबन्धन बनेको छ, पूर्व पश्चिमका आएर मिलेका छन्, त्यसको आयु लामो छैन ।’ उनले सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुुर्सी तलमाथि हुने वित्तिकै बिग्रह सुरु भइहाल्ने पनि बताए । उनले… पुरा पढौ

रसुवागढी नाकाबाट १० हजार सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् । मानव उपचारका… पुरा पढौ

‘रोगबाट आफैं जोगिनुहोस्,भोकबाट हामी जोगाउँछौं’: प्रतिष्ठान

काठमाडौं, ३० जेठ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौं’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ । आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिए । उनले गायक, गायिका,… पुरा पढौ

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ, ३० जेठ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो… पुरा पढौ