मुख्य समाचार

जसको कोहि छैन, त्यसको सरकार छ : प्रधानमन्त्री

काठमाडौं, भदौं १३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न व्यत्तिले आफ्नो कोभिड–१९ को उपचार खर्च आफै गर्नु पर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिवधनी सबैको कोभिड–१९ को उपचार निःशुल्क गरेको तर सधै यस्तो गर्न नहुने बताएका हुन् । केहिबेर अघिमात्रै (८ बजेदेखि) प्रशारित अन्तरवार्तामा बोल्दै प्रधानमन्त्री ओलीले धेरै धनी देशहरुमा सरकारले उपचारमा एक रुपैयाँ खर्च नगरी जनता आफैले गर्ने गरेको… पुरा पढौ

गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार नाघ्यो

पोखरा, १३ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या २ हजार ९४ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप नयाँ ७ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार ९४ पुगेको हो । स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार बेसिशहर, लमजुङमा कार्यरत ५ जना पुरुष र १ महिलामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु वर्ष २८, २०, २०, ३३ र ३० का पुरुष र वर्ष ४० की महिला रहेकी… पुरा पढौ

देशभर थपिए ८८४ जना कोरोना संक्रमित

काठमाडौं, १३ भदौ । नेपालमा शनिबार ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २ सय ४२ जना महिला र ६ सय ४२ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार कोरोना संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । गएको २४ घण्टामा मात्र ३ सय १३ जना निको भएका हुन् । कोरोना संक्रमितमध्ये १… पुरा पढौ

तीन हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा

वाग्मती, १३ भदौ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ । काठमाडाँैलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी… पुरा पढौ

पोखरामा ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, १३ भदौ । पोखरामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे निधन भएको हो । गत भदौ ७ मा पेटकाे शल्यक्रिया गरिएका ती बिरामीको ८ गते नमुना परीक्षणको लागि पठाइएकोमा भदौ १० मा कोरोना पुष्टि भएको थियो । कोभिड–१९ संक्रमित पुष्टिपछि उनलाई सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरिएकोमा शनिबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । प्रतिष्ठानमा उपचाररत… पुरा पढौ

नयाँ २१ थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७७

पोखरा, १३ भदौं । गण्डकी प्रदेशमा कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ हजार ७७ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् । शनिवार बिहान १०.२० मा अध्यावधिक गरिएको विवरण अनुसार नयाँ २१ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार ७७ पुगेको गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता रहनु भएका डा.शर्माले जानकारी दिएका हुन । क्षयरोग उपचार केन्द्र, पोखरा तथा चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण अनुसार नवलपुर पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको हो ।… पुरा पढौ

वीरगञ्जमा थप ३ जना संक्रमितको मृत्यु

वीरगञ्ज, १३ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु दर बढ्दै गएको छ । वीरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । तीमध्ये १ महिला छन् । वीरगञ्ज–१२ का वर्ष ४३ का पुरुषको गएराति ११ बजेर ५५ मिनेटमा मृत्यु भएकोमा अर्का वीरगञ्ज–२६, मनियारीका वर्ष ३७ का पुरुषको गएराति ११ बजेर ४१ मिनेटमा मृत्यु भएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो… पुरा पढौ

डोटीमा थपियो एक साता निषेधाज्ञा

डाेटी, १३ भदाै । कोरोना सङ्क्रमित बढ्न थालेपछि डाेटीको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । पुरा पढौ

रेल्वे विभागको ठेक्कामा मिलेमतो छैन:महासङ्घ

काठमाडौं, १३ भदौ । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काको विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको मिलेमतो नभएको बताएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता छैन, महासचिव रोशन दाहालले भन्नुभयो :“महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर प्रचारप्रसार भइरहेकाले सचेत हुन जरुरी छ ।” दाहालले सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको र यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहेको जनाए । सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाकोलागि… पुरा पढौ

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

चितवन, १३ भदाै । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए। आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले… पुरा पढौ