मुख्य समाचार

एसइई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै… पुरा पढौ

लघुवित्तमा शुरु हुँदैछ मर्जरको लहर, मिर्मिरे र नागबेलीकाे एकिकृत कारोबार आइतबार

काठमाडौं, भदौं ४ । लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको चर्चा पछि अब मर्जरमा जान थालेका छन् । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुले स्वेच्छिक मर्जरको बाटो रोजेका हुन् ।पछिल्लो समय मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गएका छन् । यि संस्थाहरुबीच भदौ ७ गतेदेखि एकिकृत कारोबार हुँदैछ। मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो । यी दुवै कम्पनीले प्राप्ती सम्वन्धि प्रस्ताव असार २० गते छुट्टाछुट्टै… पुरा पढौ

कोरोना महामारीबीच घरघरमै तीज पर्व मनाइँदै

काठमाडाै, ५ भदौ : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत… पुरा पढौ

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गाैलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा ३ जनाको मृत्यु भएको… पुरा पढौ

पाल्पामा भदौ ५ देखि १२ गतेसम्म निषेधाज्ञा

पोखरा, ४ भदौ । पाल्पामा पनि निषेधाज्ञा आदेश जारी गरिएको छ । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि भदौ ५ गते राति १२ बजेदेखि भदौ १२ गते १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बिहीबार सो आदेश जारी गर्दै आदेशको अवज्ञा गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख छ । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्था प्रवाह हुने बाह्य सेवाहरु, सामाजिक संघसंस्थाका कार्यहरु, होटल तथा… पुरा पढौ

नेपालमा थपिए ७०७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, ४ भदौ । नेपालमा ७ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १ सय ९२ महिला र ५ सय १५ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित… पुरा पढौ

नेप्से परिसूचक ६.२८ अंकले बढ्यो

काठमाडौं, भदौ ४ । साताको पाचौँ दिन शेयर बजार ६.२८ अंकले बढेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.२८ अंकले बढेर १ हजार ३९७ दशमलव ५७ विन्दुमा कायम भयको छ । नेप्सेका अनुसार आज ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोबार भएको छ । आज म्यूचुअल फण्ड र होटलबाहेकका सबै समुहहरुमा हरियाली छाएको छ । पुरा पढौ

दरमा के खाने ?

हरितालिका तिज चेलीहरुको रमाइलो चाड हो । पहिला र अहिलेको तिजमा धेरै फरक देखिन थालेको छ । पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गएको छ । हामी तडकभडकमा प्रेरित हुँदै गयौ । परम्परा बिर्सेंर तिज मनाउने फरक संस्कार अङगाल्न थाल्यौ । घर वा माइतीमा खाने दरबाट हामी पार्टी प्यालेस र होटल रेस्टुरेन्टमा दर खाने आदतमा सर्यौ । आफ्नो क्षमता भन्दा माथि उठेर दरका आधुनिक परिकार खोज्दै हिड्न थाल्यौं । यसर्थ तिजको दरमा बिस्तारै बिकृती थपिन थाल्यो ।… पुरा पढौ

प्रहरीले कर्मचारीलाई रोकेपछि आज काठमाडौंका बैंक खुलेनन्

काठमाडौं, भदौ ४ । बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्रमा राखेर निषेधाज्ञामा पनि खोल्न भनिए पनि आज काठमाडौंका बैंकहरु खुलेका छैनन् । कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटोमा रोकेर दुःख दिएको भन्दैं बैंकर्स संघले आज काठमाडौं उपत्यकाका शाखाहरु नखोल्न भनेको हो । सुरक्षा अधिकारीहरुसँग बैंककै परिचयपत्रका आधारमा कार्यालय जान आउन दिने सहमति भए पनि बिहीबार विहानै बैंकका कर्मचारीलाई प्रहरीले रोकेको हो । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले प्रहरीले आफू मातहतका निकायलाई समन्वय नगर्दा बैंकका कर्मचारीहरु रोकिएको बताए । संघका… पुरा पढौ

लगानीकोअवसर : आजबाट खुल्यो दुई कम्पनीको आईपीओ

काठमाडौं, भदौ ४ । दुई कम्पनीको आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारदेखि आईपीओ निष्काशनमा ल्याएका हुन् । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो । इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि… पुरा पढौ