मुख्य समाचार

कास्कीमा गएरातिदेखि निषेधाज्ञा सुरु, पोखरा बजार शून्य

पोखरा, ३ भदौ । कास्कीमा गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ । जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मंगलबार ५ दिनका लागि (भदौ २ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म) जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने भएकोले गण्डकी प्रदेश सदरमुकाम पोखरामा पनि मानिसको चहलपहल रोकिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र डिडडुल नपाउने भएपछि मानिसहरु घरभित्रै खुम्चिएका छन् । निषेधाज्ञाको आदेश अनुसार… पुरा पढौ

सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार

सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेको छ । मन्त्रिपरिषद् बैठकले सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो । सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्र लागू हुनेगरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकता अनुरुप स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकार प्रयोग गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरी अधिकार सुम्पने निर्णय भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिबाट कोभिड–१९ को सङ्क्रमण जोखिमको… पुरा पढौ

काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा

काठमाडौं, २ भदौं । काठमाडौं उपत्यकामा पुनः लकडाउन हुने भएको छ । कोरोना भाइरको जोखिम उच्च भएपछि सरकारले पुनः लकडाउन गर्ने निर्णय गरेको हो । तर यसपाली लकडाउन होइन निषेधाज्ञा भनेर घोषणा गरिनेछ । लकडाउन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सरकारले सम्बन्धि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएको छ । सरकारले अधिकार प्रत्यायोजन गरेपछि मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरुको संयुक्त बैठकले भाेलि बुधबारदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकमा सहभागी… पुरा पढौ

राष्ट्रकवि माधवप्रसाद घिमिरे रहेनन्

काठमाडौं, २ भदौ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको परिवारजनले जनायो । लमजुङ जिल्लाको पुस्तुनमा विसं. १९७६ असोज ७ मा जन्मिएका घिमिरे १ सय २ वर्षसम्म बाँचे । नेपाली साहित्यको आधुनिककालमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनी नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय मानिन्छन् । पुरा पढौ

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो

काठमाडौं, २ भदौ । साताको तेस्रो दिन शेयर बजार ५.६८ अंकले बढेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भयको छ । दिनभर भएका १ सय ८९ कम्पनीको १६ हजार ८ सय कारोबारबाट ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको… पुरा पढौ

एकै दिनमा हजार बढी संक्रमित फेला, ७ जनाको मृत्यु

नेपालमा एकै पटक हजार बढी संक्रमित फेला परेका छन् । गएको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । यो संख्या एकै दिनमा संक्रमित हुने संक्रमितमा सबैभन्दा ठूलो हो । यसअघि एक हजार कटेका थिएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या कुल २८ हजार २ सय ५७… पुरा पढौ

लिवर्टी ईनर्जी कम्पनीको साधारण शेयर भोलिबाट बिक्री खुल्ला

काठमाडाै,२ भदाै । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि छुट्याएको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर भोलि भाद्र ३ गते बुधबारबाट बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरि भोलीबाट साधारण शेयर बिक्री खुल्ला गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक डा.आत्माराम घिमिरेले सफल आवाजलाई बताए । प्रबन्ध निर्देशक घिमिरेका अनुसार कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २००,००० (दुई लाख) कित्ता सम्म दरखास्त दिन सकिने भएको छ । यसलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७७… पुरा पढौ

कास्कीमा आज रातिदेखि निषेधाज्ञा लागू

पोखरा, २ भदौ । कास्कीमा अन्ततः निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (मंगलबार) राति १२ बजेदेखि भदौ ७ गते रातिसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार बिहान आधिकारिक रुपमा सूचना जारी गर्दै कोरोना महामारी फैलिएकोले सोको नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन समितिकाे बैठकले याे निर्णय गरेको जनाएको छ। निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने छन् । यो निषेधाज्ञाको अवधीमा बैक, बितिय संस्था र सहकारीहरु संचालन… पुरा पढौ

कोभिड प्रभावित क्षेत्रलाई ५ प्रतिशत ब्याजमा पुनरकर्जा, कुन–कुन क्षेत्रले पाउछन् ?

काठमाडौं । कोभिड प्रभावित क्षेत्रहरुलाई सहुलियत दिनका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको प्रक्रिया शुरु गरेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेर पुनरकर्जाका लागि आवेदन माग गरेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ… पुरा पढौ

पोखरामा १५ सहित गण्डकीमा थपिए २५ कोरोना संक्रमित

पोखरा, २ भदौ । पोखरामा थप १५ जनामा कोरोना संक्रमण फैलिएको छ । सोमबार राति ११ र मंगलबार बिहान ४ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार पोखरा वडा ६ का वर्ष २३ र २८ का पुरुष, वडा नम्बर नखुलेको वर्ष २५ र ५० का महिलामा संक्रमण देखिएको हो । यसैगरी पोखराका ११ जनामा कोभिड–१९ देखिएको पुष्टि गएराति विज्ञप्तिमार्फत जनाइएको थियो । तीमध्ये ४ महिला छन् । पोखरा वडा १६ का ६६ वर्षीय… पुरा पढौ