मुख्य समाचार

एनएमबि बैंकमा गाभियो कञ्चन डेभलपमेन्ट बैंक, आजबाट एकीकृत काराेबार शुरु

काठमाडौं,७ भदौं । एनएमबि बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत काराबार शुरु गरको छ । बैंकले आजबाट एनएमबि बैंक लिमिटेडको नामबाटै सेवा शुरूवात गरेको हो । यो प्राप्ति पछि बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुगेको छ । बैंकले अब १८६ शाखाहरु, ६ विस्तारित काउन्टर र १३५ एटीएमको सञ्जाल मार्फत ग्राहकहरुलाई बितिय सेवा प्रदान गर्ने जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते… पुरा पढौ

कास्कीमा भदौ १२ सम्म निषेधाज्ञा थप

पोखरा, ७ भदौ । कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जनाएका हुन् । अत्यावश्यक काममाबाहेक घरबाहिर निस्कन र हिडडुल गर्न सहित अन्य जारी निषेधाज्ञा कायम रहनेछ । तर भदौ ८ देखि केही सेवा संचालनमा छुट दिइएको छ । जसमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीको पूर्ण पालना गरी गराई सरकारी कार्यालय तथा अत्यावश्यक सेवा तथा… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनामा पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली… पुरा पढौ

कास्कीमा ३ देखि ५ दिनसम्म निषेधाज्ञा थप्न सिफारिस

पोखरा, ६ भदौ । कास्कीमा अझै ३ देखि ५ दिनसम्म निषेधाज्ञा कायम गर्न सिफारिस गरिएको छ। पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूलसमितिको आइतबार बिहान बसेको बैठकले कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा थप ३ देखि ५ दिनसम्म थप्न सिफारिस गरेको हो । समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘जोखिम अझै कायम रहेकोले समितिको बैठकबाट कम्तीमा ३ देखि बढीमा ५ दिनसम्म अहिलेकै मोडालिटीमा कास्कीमा निषेधाज्ञा थप्न जिल्लामा सिफारिस गरेका छौं ।’ यसैबीच, आइतबार नै बस्ने… पुरा पढौ

मास्क लगाउन अब नयाँ मापदण्ड : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेको छ । वयस्कका लागि जुन–जुन नियम लागू गरिएको छ, त्यस्तै १२ वर्षभन्दा माथिका बालबालिकाले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएको छ । किनकि १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्लुएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने भनेको हो । यस्तै, ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत… पुरा पढौ

किसानको समस्या टार्दैछ साल्ट ट्रेडिङ, पूर्वमा आजबाट मल वितरण हुने

मोरङ, भदौ ७ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आज सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य रु ७०० कायम भएको छ भने… पुरा पढौ

बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

डोटी, भदौ ७ । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए ।… पुरा पढौ

चितवनमा मृत्युपछि ६५ वर्षीया महिलाको कोरोना पुष्टि

चितवनमा थप एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । तर उनको पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ मा स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । ती महिला कलेजोसम्बन्धी बिरामी थिइन्… पुरा पढौ

नेकपा कार्यदलले प्रतिवेदन बुझायो,अब केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री हुने

काठमाडौं, ६ भदौ, । सरकार स‌‌‍न्चालन गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय उक्त कार्यदलले सर्वसम्मतिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ४:४५ बजे अध्यक्षद्वयलाई बुझाएको बताइएकाे छ । स्रोतका अनुसार नेकपाकाे विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री के पि ओली पूरै कार्यकाल प्रधानमन्त्री रहनेगरी प्रतिवेदन बुझाएको छ। कार्यदलले पार्टीको कामको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाइ दिन सुझाव… पुरा पढौ

कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ । कोरोना भाइरसका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए। जसमा सुनसरीकी ६ वर्षीया बालिका, ६७ वर्षी पुरुष, पर्सामा वर्ष ६१, ५८ र ४८ का पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । साथै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको… पुरा पढौ