मुख्य समाचार

‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ सम्पन्न

ललितपुर, २१ असाेज। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा दुईदिने 'पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। फोटोन नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, उद्योग विशेषज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा दिगोपन र युवा तथा नवप्रवर्तनलाई मुख्य थिम बनाएर ईभीको वर्तमान अवस्था, नीतिगत सुधार, चार्जिङ पूर्वाधार, सुरक्षा, ब्याट्री व्यवस्थापन, वित्तीय प्रोत्साहन, सीप विकास… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मीको बढुवा

काठमाडौं,२० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मीको बढुवा भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी यसअघि सोहि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन । उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत… पुरा पढौ

नेप्सेमा दोहोरो अंकले सुधार, ३ अर्ब १३ करोडकाे काराेबार

काठमाडौं, २० असाेज। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा यस दिन भने सामान्य अंकको वृद्धि देखिएको हो। मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.०० अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले धनात्मक रहेका छन्। नेप्से बढे पनि कारोबार रकम घट्यो परिसूचकमा सुधार आए… पुरा पढौ

बाढीका कारण नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २० असोज। गत भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर सुस्त भई ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (Building Back Differently for the Future) मा बाढीबाट भएको व्यापक क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिका लागि मुख्य बाधक बन्ने उल्लेख छ। आगामी वर्ष ५.२ प्रतिशत पुग्ने अपेक्षा पुनर्निर्माण… पुरा पढौ

विदेशमा उपचारदेखि सफ्टवेयर निर्यातसम्म राहत: राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटही सीमा दोब्बर

काठमाडौं, २० असाेज। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थालाई थप खुकुलो र व्यावहारिक बनाउँदै ‘विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२’ मा महत्त्वपूर्ण संशोधन गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गरेको यो संशोधनसँगै वैदेशिक उपचार, सूचना प्रविधि (IT) तथा अनलाइन सेवा निर्यातकर्ता, वित्तीय संस्था र उद्योगी-व्यवसायीहरूले पाउने विदेशी मुद्रा सुविधा उल्लेख्य रूपमा बढेको छ। स्वास्थ्य उपचारका लागि सटही सुविधा दोब्बर नयाँ व्यवस्थाअनुसार विदेशमा स्वास्थ्य उपचार गराउन जाने नेपाली नागरिकहरूले अब वार्षिक ३० हजार अमेरिकी डलर सम्म सटही सुविधा पाउनेछन्। यसअघि… पुरा पढौ

जलवायुजन्य विपद्का कारण २ खर्ब २७ अर्बको क्षति, तत्काल पुनर्निर्माणमा ६३ अर्ब बजेट माग

काठमाडौं, २० असाेज। पछिल्लो समय देशका विभिन्न भू-भागमा आएको बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा करिब २ खर्ब २७ अर्ब रुपैयाँ (१.४८ बिलियन डलर) बराबरको प्रारम्भिक क्षति पुगेको छ। सिंहदरबारमा आयोजित 'हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्' सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्। उनले क्षति पुगेका पूर्वाधारको तत्काल पुनःस्थापना र पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको जानकारी दिए। कुन क्षेत्रमा कति भयो क्षति… पुरा पढौ

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौं, २० असोज। अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी… पुरा पढौ

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन, २० असोज। उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति लामिछानेलाई भेटेर नारायणी… पुरा पढौ

नेप्सेको नयाँ सीईओका लागि ४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौं, २० असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गत गठित नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा परेका आवेदनहरूबाट चार जना उम्मेदवारलाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको हो। समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरू: १. अनिल राज पौडेल २. नवराज सापकोटा ३. नारायण प्रसाद सापकोटा ४. प्रताप सुवेदी… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २० असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम… पुरा पढौ