खेलकुद

सन्दीप लामिछाने क्रिकेट लिग टु खेल्न यूएई प्रस्थान

काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु यूएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीमा रहेका मौसम ढकाल घाइते भएकाले उनलाई प्रतिस्थापन गर्ने गरी लामिछानेलाई यूएई पठाइएको हो । सर्वोच्च अदालतले लामिछानेको धरौटीमा रिहाको आदेश सदर गर्दै खेल खेल्न विदेश जाँदा अनुमति लिनु नपर्ने आदेश दिएपछि क्यानले उनलाई यूएई पठाउने तयारी सुरु गरेको थियो । केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले महत्वपूर्ण १३ रनको योगदान… पुरा पढौ

सन्दीप लामिछानेलाई आजै यूएई पठाउँदै क्यान

काठमाडौं, १७ फागुन । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई आज नै क्रिकेट खेल्नका लागि यूएई पठाउने तयारी थालेको छ । लामिछानेेलनई आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको नेपाल, पीएनजी र यूएईबीचको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्न पठाउन लागिएको हो । क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखलामा टोलीमा रहेर खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा लामिछानेलाई पठाउने तयारी भइरहेको हो । केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले… पुरा पढौ

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं, १६ फागुन । संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो । यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गापुर, कुवेत र हङ्कङलाई पराजित गरेको थियो । मलेसियाले दिएको ७३ रनको समान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा ग¥यो । नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दीपक… पुरा पढौ

पाँचौं सृजना कप सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने-मुख्यमन्त्री अधिकारी

पोखरा, १६ फागुन । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड : पाँचखाल प्रथम

काभ्रेपलाञ्चोक, १६ फागुन । चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो । नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल ग¥यो । भलिबल छात्रतर्फ खानीखोला प्रथम,… पुरा पढौ

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधी पोखरा महानगरलाई

पाेखरा, १५ फागुन । कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर आज सम्पन्न १३औँ संस्करणको सो प्रतियोगितामा पोखराले २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको हो । रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्यसहित ६ पदक प्राप्त गरी द्वितीय बन्यो । यसैगरी ९ रजत र ९ कास्यसहित १८ पदक जितेर माछापुच्छ्रे गाउँपालिका तृतीय बन्यो। ७ रजत र… पुरा पढौ

आठौं संस्करणको नदीपुर भलिबल प्रतियोगिताको उपाधि छन्त्याल ब्रदर्सलाई

पोखरा, १५ फागुन । स्व.मेजर चन्द्र बहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लवले फागुन ९ गतेदेखि आयोजना गरेको आठौं संस्करणको नदीपुर भलिबल प्रतियोगिताको उपाधि छन्त्याल ब्रदर्सले जितेको छ । आज भएको फाइनल खेलमा छन्त्याल ब्रदर्सले नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमलाई हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता छन्त्याल ब्रदर्सले नगद १ लाख ५ हजार, शिल्ड र प्रमाण प्राप्त गरेको छ । उपविजेता नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमले नगद ७० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ… पुरा पढौ

सन्दीप लामिछानेले पाए विदेश जाने अनुमति

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको धरौटीमा रिहाको आदेश सदर भएको छ । आज सर्वोच्च अदालतले लामिछानेसँग सम्बन्धित दुवै निवेदनको सुनुवाई टुंग्याउँदै यसअघिको धरौटीमा रिहाको आदेशलाई सदर गरेको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै उनलाई क्रिकेट खेल्न विदेश जाने अनुमति पनि दिएको हो । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहा भएर राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेका लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । धरौटीमा… पुरा पढौ

पीएनजीले नेपाललाई दियो २०४ रनको विजय लक्ष्य

काठमाडौं, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुआ न्यूगिनीले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । लिग टूअन्तर्गत आजदेखि यूएईमा जारी शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको हो । दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०३ रन बनायो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए । यसबाहेक सेसे बाउले ३१, किपलिन डोरिगाले २९ र नर्मन भनुआले… पुरा पढौ

ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौं, १४ फागनु । फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् ।… पुरा पढौ