खेलकुद

एक दिवसीयमा नेपालको ऐतिहासिक जित

काठमाडौं, २ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यो जितमा नेपालका ओपनर कुशल भुर्तेलले शतकीय योगदान दिए । जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ४४ रनको विजयी लक्ष्य ४४.४… पुरा पढौ

सफल पोखरा म्याराथनका लागि मञ्चद्वारा वडा नं १३ मा छलफल

पोखरा, २ फागुन । फागुन ६ गते पोखरा रंगशालाबाट शुरु हुने सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाका वडावासि, टोल तथा आमा समूहका पदाधिकारीहरुसंगको छलफल जारि रहेको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेको म्याराथन १७औं संस्करणको म्याराथन हो । फागुन ६ गते बिहान पोखरा रंगशालाबाट शुरु हुने म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । म्याराथन बिहान ७ बजे शुरु भएर पोखराका विभिन्न १७ वडा पुगेर पोखरा रंगशालामा आएर समापन हुनेछ ।… पुरा पढौ

बिटी कपको उपाधि गन्नी एफसीलाई

पोखरा, २ फागुन । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा सोमबार भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त… पुरा पढौ

नामिबियाविरुद्धको खेलमा टस जितेर बलिङ गर्दै नेपाल

फाइल फोटो
काठमाडौं, २ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ । यतिबेलासम्म नामिबियाले ४० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९० रन बनाएको छ । नामिबियाका माइकल लिगेनले शतकको नजिक छन् । उनी ११५ बलमा ९९ रनमा अविजित रहेका छन् । यसैगरी गेर्हार्ड एरास्मसले ५६ रन बनाएका थिए । नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ । नाबालिक बलात्कारको आरोपपछि करिब–करिब पाँच महिनापछि सन्दीपले टोलीमा पुनरागमन गरेका हुन्… पुरा पढौ

बिटी कपको उपाधिका लागि लामागाउँ र गन्नी एफसी भिड्दै

पोखरा, १ फागुन । पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएका छन् । बुद्धटोल युवा क्लबद्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल पोखरा १ पुरानो टुडिखेलमा आज  दिउँसो १ बजे हुने खेल संयोजक विनोद गुरुङले जानकारी दिए । उनका अनुसार हिजो आइतबार भएको पहिलो सेमिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो । लामागाउँको… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन मञ्चद्वारा संघ, संस्थाका प्रतिनिधिहरुसंग छलफल

पोखरा, १ फागुन । नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुन ६ गते पोखरामा आयोजना गर्न लागेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका लागि विभिन्न संघ, संस्था र वडावासिहरुसंग छलफललाई जारि राखेको छ । छलफलको सिलसिलामा मञ्चले आज पोखरा विभिन्न प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरुसंग छलफल गरेको हाे। पोखरामा आयोजना गरिने १७औं संस्करणको यो प्रतियोगिता जेठाे प्रतियोगिता हो, मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले भने, हामी सबैको गौरवको प्रतियोगिता पोखरा र नेपालको भएकोले धेरैको ध्यान यतातिर केन्द्रित भएको बताए । यसपालिबाट हामीले अन्तराष्ट्रिय मान्यता पाएका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मञ्चद्वारा वडा नं ५ र १७ तथा पर्यटन व्यवसायीसँग छलफल

पोखरा, २९ माघ । फागुन ६ गते आयोजना हुने १७औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यसबर्षपनि सघाउने बताएका हुन् । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए । भूपू खेलाडी मञ्चले म्याराथन आयोजना गरेपनि सबै मिलेर सफल बनाउनुपर्ने उनको भनाइ छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संघ… पुरा पढौ

आठौं नदिपुर भलिवल प्रतियोगिता फागुन ९ बाट हुने

पोखरा, २९ माघ । पुन एकता क्लबको आयोजनामा हुने आठौं नदिपुर भलिवल प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको छ । महाशिवरात्रि पर्ब तथा स्व‍. मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा भलिवल प्रतियोगिता आयोजना हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो । खुला भलिवल प्रतियोगितामा पुरुष, महिला तथा प्रौढको खेल हुने भएकाे छ । प्रतियोगिताको बिजेताले रु १ लाख ५ हजार, दोस्रोले ७० हजार त्यस्तै महिला तर्फ प्रथम हुनेले रु ५० हजार र दोस्रोले… पुरा पढौ

बिटी कपः क्वार्टरफाइनलको समीकरण पूरा

पोखरा, २९ माघ । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वार्टरफाइलनलको समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा शनिबार भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए । यस्तै दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो… पुरा पढौ

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषा, २९ माघ । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।… पुरा पढौ