खेलकुद

प्रधानसेनापति खुल्ला म्याराथनमा रोकाय प्रथम

काठमाडौं, २८ माघ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएङ्हुका छन्। प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई रु तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको साँचो हस्तान्तरण गरे। उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय भए। द्वितीय हुने खड्कालाई रु दुई लाख र तृतीय… पुरा पढौ

सेना दिवसकाे अवसरमा प्रधानसेनापति खुला दौड प्रतियोगिता

काठमाडौं, २८ माघ । सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ । उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी छन्। उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा… पुरा पढौ

पोखरा म्याराथनः वडा नं ३ र १६ का स्थानीयसँग छलफल

पोखरा, २७ माघ । नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले पोखरा म्याराथनका बारेमा वडा नं. ३ र १६ का स्थानीयसँग शुक्रबार छलफल गरेको छ । कार्यक्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सघाउने वडास्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा हुने १७ औं संस्करणकोे प्रतियोगितालाई सफल बनाउन मञ्चले महानगरपालिकाका म्याराथन रूट अन्तर्गतका वडाबासीहरूसँग छलफल गर्दै आएको छ । वडा ३ मा आयोजित कार्यक्रममा मञ्चका कोषाध्यक्ष महेश पौडेलले म्याराथन रूटको बारेमा जानकारी गराउँदै घर अगाडी आ–आफ्नो संस्थाको ब्यानर, भेषभूषा… पुरा पढौ

रु १० लाख बजेटमा पात्लेखर्कमा खेलमैदान निर्माण

बेनी, २७ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिए। “पहिले कच्ची खेलमैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ”, पुनले भने। खेलमैदान… पुरा पढौ

१७औं सफल पोखरा म्याराथन प्रचारलाई तीव्र पार्दै भूपू खेलाडी मञ्च

पोखरा, २६ माघ । फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताका बिषयमा आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले बिहीबार पोखराका शिक्षण संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ । कार्यक्रममा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले एम्समा दर्ता भएपछि पोखरा म्याराथनको गरिमा दिन प्रतिदिन बढ्दै गएको बताए । उनले विद्यार्थीहरू विना दौड अपूरो हुने भएकाले सक्रिय सहभागिताका लागि विद्यालयलाई आग्रह गरे । समाजका विभिन्न वर्गलाई इभेन्टले छुनुपर्ने उल्लेख गर्दै उनले फागुन ६ लाई उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिए… पुरा पढौ

चितवनमा भेट्रान कप फुटबल शनिबारदेखि

चितवन, २६ माघ । चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए। प्रतियोगितामा भारतको कोलकातासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू… पुरा पढौ

बिटी कपमा आज बुधबारदेखि प्रि-क्वाटरका खेल हुँदै

पोखरा, २५ माघ । पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज बुधबारदेखि प्रि-क्वार्टर चरणका खेलहरु हुँदैछन् । यसअघि हिजो मंगलबार पहिलो चरणका खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १-१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए । यस्तै… पुरा पढौ

भारतलाई हराउँदै नेपाल यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

२४ माघ, काठमाडौं । भारतलाई ३-१ गोलले हराउँदै नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै ३-१ को गोल को नतिजा निकालेको हो । खेलको २१औं मिनेटमा भारतकी अपुर्व नाजारीले गोल गरेकोमा ४७औं मिनेटमा नेपालकी अन्जली चन्दले बराबरी गोल गरिन् । कप्तान प्रिती… पुरा पढौ

बिटी कपमा पहिलो चरणका खेल जारी, सोमबार ८ खेल सम्पन्न

कास्की, २३ माघ । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्रले पराजित गर्याे । खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो । बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा… पुरा पढौ

पोखरा म्याराथनलाई सघाउने वडा–१२ का स्थानीयको प्रतिबद्धता

पोखरा, २३ माघ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सघाउने वडा नं. १२ का स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणकोे प्रतियोगितालाई सफल पार्न मञ्चले महानगरपालिकाका म्याराथन रूट अन्तर्गतका वडाबासीहरूसँग छलफल गर्दै आइरहेको छ । सोमबार आयोजित कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबैले साथ दिनुपर्ने बताए । यस संस्करणमा नेपालसहित २० राष्ट्रका धावकहरूले सहभागिता जनाउने भएकाले विभिन्न वेषभूषा तथा… पुरा पढौ