खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा

काठमाडौं, २४ कात्तिक । शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले… पुरा पढौ

टि२० विश्वकप: दोस्रो सेमिफाइनलमा टस जितेर फिल्डिङ गर्दै इङ्ल्याण्ड

काठमाडौं, २४ कात्तिक । आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । यो खेल नेपाली समय अनुसार अहिले १:४५ मा एडिलेड ओभलमा सुरु हुनेछ । भारत सुपर १२ को समूह बी को विजेता टोली हो भने इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । यसअघि हिजो भएको पहिलो सेमि फाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएर फाइनलमा पुगिसकेको छ । आजको खेल जित्ने टिमले पाकिस्तानसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ । पुरा पढौ

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ, २३ कात्तिक । न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । २००९ यता फाइनलमा नपुगेको पाकिस्तानले आज न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै १३ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । जितका लागि न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। पाकिस्तानका लागि दुवै ओपनर मोहम्मद रिजवान र बाबर आजमले अर्धशतक बनाए । पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट साझेदारी गर्दै क्रमश: ५७ र ५३ रन… पुरा पढौ

सशस्त्र प्रहरी बल बेलबारी गोल्डकको फाइनलमा

मोरङ, २२ कात्तिक । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २–१ गोलअन्तरको हार ब्यहोरेपछि आयोजक उपाधि होडबाट बाहिरिएको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपिएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य

काठमाडौं, २१ कात्तिक । काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५१ रनको विजय लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनायो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन् । त्यसैगरी सुवास ऐरले २४ रन… पुरा पढौ

आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित

काठमाडौं, २० कात्तिक । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनाएको हो । गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान बिपिन खत्री १९ तथा अर्जुन कुमालले १४ रन बनाए । यता आर्मीको जितमा सुसन भारीले… पुरा पढौ

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं, २० कात्तिक । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अस्ट्रेलियामा जारी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज अस्ट्रेलियाको एडिलेड ओभलमा भएको खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदै भेटाएर सेमि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२, मोहम्मद ह्यारिशले ३१,  बाबर आजमले २५ तथा सान मसूदले अविजित २४ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका शाकीब अल हसन,  नसुम अहमद र इबादोत हुसेनले समान एक–एक विकेट लिए । टस… पुरा पढौ

नेदरल्याण्ड्ससँग हारेसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त

काठमाडौं, २० कात्तिक । उपाधिको बलियो दावेदारमध्येको एक दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । सुपर १२ को खेलमा आज बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका सेमिफाइनल पुग्नबाट वञ्चित भएको हो । अस्ट्रेलियाको एडिलेडमा आज बिहान नेदरल्यान्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राइली रुसोले सर्वाधिक २५ रन हेनरिक क्लानले २१ रन तथा कप्तान टेम्बा बभुमाले २० रनको योगदान दिए… पुरा पढौ

पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बेलवारी एफसीका मैसम सुब्बा, अभिषेक गुरुङ, सुरज राई र निशान लिम्बूले गोल गरे भने विल्सन गिरीको प्रहार विपक्षी गोलरक्षक टेकेन्द्र थापाले बचाएका थिए । चारतारे लेटाङका लागि अशोक खवार र जय गुरुङले गोल गरेका थिए… पुरा पढौ

आयरल्याण्डले पायो १८६ रनको विजय लक्ष्य

काठमाडौं, १८ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत समूह १ को आजको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई १८६ रनको विजय लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्याण्डका लागि केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । फिन एलेनले ३१ र डेभन कनवेले २३ रनको योगदान दिए । ड्यारिल मिचेलले अविजित ३१ रन बनाए । बलिङतर्फ आयरल्याण्डका जश लिटलले १९ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमश: केन विलियम्सन,… पुरा पढौ