खेलकुद

क्लबस्तरीय भलिबलमा एपिएफ र एसियन सुज च्याम्यियन

पोखरा, २७ भदौ । पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा गण्डकीले भाग लिने

पाेखरा, २७ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए। उनका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भएको छ । “बन्द प्रशिक्षणका लागि बजेट प्रबन्ध गर्न प्रदेश सरकारसँग माग… पुरा पढौ

अफताब र प्रिन्सलाई स्वर्ण

काठमाडौं, २६ भदौ । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष ३५ केजीमुनि फाइनल खेलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । त्यस्तै पुरुष ४० केजीमुनिको फाइनल खेलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई पराजित गर्दै स्वर्ण जितको हुन । पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै… पुरा पढौ

काठमाडौं म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

काठमाडौं, २६ भदौ । त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल १४ औं काठमाडौं म्याराथनमा प्रथम भएका छन् । निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरेर प्रथम भएसँगै उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा सेनाकै जुनेश खड्का दोस्रो र सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी तेस्रो भए । २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेर जुनेशले ५० हजार जिते भने २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा दौड सम्पन्न गरेर राजनले २५… पुरा पढौ

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौ, २४ भदौ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो । नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी… पुरा पढौ

महिला साफ च्याम्पियनसिप अन्तर्गत आज भुटान र श्रीलंकाको खेल

काठमाडौं, २४ भदौ । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ । यो खेल भुटानका लागि दोस्रो खेल हुनेछ । उसको पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको थियो । आजको आफ्नो दोस्रो खेलमा अंक हासिल गर्न नसकेको खण्डमा भुटान समूह चरणबाटै बाहिरिनेछ । श्रीलंकाको यो पहिलो खेल हो भने आजको खेलमा श्रीलंकाले जित हासिल गरेको खण्डमा श्रीलंका र नेपाल एक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: क्रिकेटमा एनआरएन विजयी

काठमाडौं, २३ भदौ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा आजदेखि सुरु भएको पुरुष क्रिकेट प्रतियोगितामा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजय हात पारेको हो । खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले जवाफमा ६ ओभरमा ६ विकेटकै क्षतिमा ६२ रनमात्र बनाउन सक्यो । वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई ६ ओभरमा घटाइएको थियो । सुदूरपश्चिमका लागि… पुरा पढौ

महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई ३-० ले हरायो

काठमाडौं, २२ भदौ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो । मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले… पुरा पढौ

एसिया कप: भारतको दोस्रो हार, श्रीलंका ६ विकेटले विजयी

काठमाडौं, २२ भदौ । एसिया कप टी-२० क्रिकेटको सुपर फोर चरणको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको छ । सुपर फोर चरणमा श्रीलंकाले २ खेलमा लगातार दोस्रो जित हात पारेको हो भने भारतले २ खेलमा दुवैमा पराजय भोगेको छ । यसअघि सुपर फोरको पहिलो खेलमा भारतलाई पाकिस्तानले हराएको थियो। सुपर फोरका दुवै खेलमा भारतले दिएको विजय लक्ष्य विपक्षी टोलीले १ बल बाँकी छँदै पूरा गरेका हुन् । पाकिस्तानले १८१ रनको लक्ष्य तथा श्रीलंकाले १७३ रनको लक्ष्य समान १९.५ ओभरमा… पुरा पढौ

महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले… पुरा पढौ