खेलकुद

महामारीमा फुटबल टिमको दौडधुप : इराकबाट कुवेत पुग्यो

काठमाडौं, १७ जेठ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले देश ठप्प भएको बेला फुटबल खेलाडीले दौडधुपमा छन्। फिफा विश्वकप छनौटको दोस्रो चरणको खेलका लागि गएराति नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। इराकसँगको मैत्रीपुर्ण खेलपछि स्थलमार्ग हुँदै नेपाली टिम कुवेत पुगेको हो। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गतका खेल खेल्न नेपाली टिम कुवेत पुगेको हो। कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ। पहिलो खेल जुन ३ मा चाइनिज ताइपेसँग हुनेछ। यस्तै… पुरा पढौ

च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं, १६ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई १-० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । योसँगै चेल्सीले च्याम्पियन्स लिगको उपाधि दोस्रो पटक जितेको हो । यसअघि सन् २०१२ मा चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । शनिबार राति पोर्चुगलमा भएको खेलमा चेल्सीका काइ हार्बटेजले ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । पुरा पढौ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग ६-२ ले पराजित

काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा रहेको अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल घरेलु टिमसँग ६-२ को फराकिलो अन्तरले पराजित भएको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छ । त्यहाँ नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ… पुरा पढौ

बढी पैसा तिरेर खेलाडी किन्दा दुई मिलियन डलर जरिवाना

डेभिड बेक्ह्यामको क्लब इन्टर मियामीलाई कीर्तिमानी दुई मिलियन अमेरिकी डलर जरिवाना गरिएको छ । मेजर लिग सकर (एमएलएस) को नियम तोडेको भन्दै बेक्ह्यामको क्लब इन्टर मियामीलाई कीर्तिमानी दुई मिलियन अमेरिकी डलर जरिवाना गरिएको बीबीसीले जनाएको छ । सन् २०२० मा फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडीलाई युभेन्टसबाट अनुबन्ध गर्दा मियामीले एमएलएसको नियम तोडेको अभियोगमा जरिवाना तिराइएको खबरमा उल्लेख छ । एमएलएसले शुक्रबार नियम मिचेको अभियोगमा मियामीलाई जरिवाना तोकेको हो । एमएलएसका अनुसार मियामीले माटुइडीलाई तोकिएको भन्दा धेरै पैसा तिरेर किनेको पाइएको छ… पुरा पढौ

नेपाल र इराकबीचको मैत्रीपूर्ण खेल आज

काठमाडौं, १५ जेठ । नेपाल र इराकबीच शनिबार मैत्रीपूर्ण फुटबल हुँदैछ । खेल इराकको बसरामा रहेको अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेको छ । फिफा वरीयतामा इराक नेपालभन्दा १ सय ३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा… पुरा पढौ

भिल्ला रियलले पहिलोपटक जित्यो युरोपा लिगको उपाधि

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्ला रियलले जितेको छ । बुधबार राति पोल्याण्डको पोल्साट एरिनामा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११/१० ले हराउँदै भिल्लाले उपाधि जितेको हो । पहिलो पटक युरोपा लिगको उपाधि जितेको भिल्लाको यो इतिहासमा नै सर्वाधिक ठूलो उपाधि हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १/१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटवाउट भएको हो । पुरा पढौ

च्याम्पियन म्यानचेस्टर सिटीको फराकिलो जितसँगै उपाधि

काठमाडौं, १० जेठ । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जीत निकालेको छ । गएराति खेलमा सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले २ गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोलको योगदान दिए। फराकिलो जितसँगै सिटीले उपाधि ट्रफी समेत उचालेको छ । उसले यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो । एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा… पुरा पढौ

खेलाडीको लकडाउनपछि दैनिकी नै परिवर्तन

महेन्द्रनगर, ९ जेठ । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा छन् । “दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनेले भनिन्, “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।” सिँढी, बरण्डा र छतमा… पुरा पढौ

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

पाेखरा, १ जेठ । प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो । लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो… पुरा पढौ

नेपाल सुपर लिग : काठमाडौं र धनगढी फाइनलका लागि भिड्ने

काठमाडौं, २८ वैशाख . नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने… पुरा पढौ