खेलकुद

१० खेलाडीमा सीमित नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको छ। पहिलो हाफको अन्तिम मिनेटमा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए। रोहितले मैदान छोड्नु अघि नै २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो। खेलको छैटौँ मिनेटमा अग्रता लिएको अष्ट्रेलियाले ३८ औँ मिनेटमा दोस्रो गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बल लिएर अगाडि बढिरहेका अष्ट्रेलियाका खेलाडीलाई डिफेन्डर चन्द्रले तानेपछि सोझै रातो कार्ड पाएका हुन्। अष्ट्रेलियाका थुप्रै प्रहारलाई नेपालका गोलकिपर किरणकुमार… पुरा पढौ

युरोकप फुटबल शुक्रबारदेखि : उद्घाटन खेलमा टर्की र इटाली खेल्ने

युरोकप फुटबलको १६ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा टर्की र इटाली खेल्ने छन् । यो खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ । युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुने प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा… पुरा पढौ

एशियन कप छनोटमा नेपालले अस्ट्रेलियासँग खेल्दै

काठमाडौं, २८ जेठ । फिफा विश्वकप तथा एशियन कप छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ । नेपाल भन्दा फिफा बरियतामा एक सय ३० स्थान माथि रहेको अष्ट्रेलियासँगको खेल नेपाली टिमका लागि निकै कठिन हुनेछ । एशियाली महादेशमा… पुरा पढौ

क्यानः एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा रु १० हजार भत्ता

काठमाडौं, २६ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार… पुरा पढौ

जोर्डनद्वारा नेपाल ३–० ले पराजित

काठमाडौं, २४ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनलाई जित सुम्पेको छ । सोमबार रातिको प्रतियोगितामा नेपाललाई खेल अवधिभर दबाबमा राखेको जोर्डनले ३–० को गोलअन्तर कायम गर्दै समूहको दोस्रो स्थानमा उक्लिन सफल भयो । नेपालले शुक्रबार अर्को खेलमा अष्ट्रेलियाको सामना गर्न बाँकी छ । नेपाल यो हारसँगै ६ अंक सहित चौथो स्थानमा सीमित छ । जोर्डनको ६ खेलमा १३ अंक पुग्दा कुवेत १० अंक सहित तेस्रो स्थानमा छ । ५ खेलमा १५ अंकसहित… पुरा पढौ

जोर्डनद्वारा नेपाली टिम दबाबमा, पहिलो हाफमा अग्रता

काठमाडौं, २४ जेठ । जोर्डनले नेपालविरुद्ध १–० को अग्रता लिएको छ । विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले सातौं खेलमा जोर्डनको सामना गरिरहेको छ । पहिलो हाफको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमा नेपालविरुद्ध पहिलो गोल गर्न सफल भएको हो । पेनाल्टी एरियामा रोहित चन्दको फल हुँदा विपक्षी टिमले पेनाल्टीको अवसर पाएकोमा कुनै पनि गल्ती गरेन । पहिलो हाफसम्म जोर्डनले नेपाललाई निकै दबाबमा राखेको छ । आधा दर्जन गोलका अवसरमा नेपाली टिमका बलिया किपर किरण… पुरा पढौ

एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने

काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ। खेल कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ। अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाललाई अघिल्लो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। समूह बी मा रहेको नेपाल ६ खेलबाट ६ अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ। ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ। नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका… पुरा पढौ

स्वीडेनद्वारा अर्मेनिया ३–१ ले पराजित

काठमाडौं, २३ जेठ । युरोकप अघिको तयारी खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । पाहुना टोलीका भाहन विचाकच्यानले सान्त्वना गोल फर्काए । खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा स्वीडेनका सेवास्टिन लार्सन पेनाल्टी खेर फाले । ६४औं मिनेटमा भाहन विचाकच्यानले गोल गर्दै… पुरा पढौ

विश्वकपको एसियाली छनौटमा ताइपेईलाई २-० गोलले हराउदै नेपाल विजयी

काठमाडौं, २० जेठ । विश्वकपको एसियाली छनौटमा नेपालले चाइनिज ताइपेईलाइ हराएको छ । कुवेतको जाबेर अल अहमेद स्टेडियममा राति भएको खेलमा नेपालले २-० ले ताइपेईलाई हराएको हो । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । अञ्जनले खेलको तेस्रो मिनेटमा र नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गरे । खेलको तेस्रो मिनेटमै नेपालका अञ्जनले पेनाल्टी गोल गरेर अग्रत दिलाएका थिए । त्यसपछि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटले गोल गरे ।… पुरा पढौ

विश्वकप छनाेट : आज नेपाल र ताइपेई खेल्दै

काठमाडौं, २० जेठ । विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज (बिहीबार) चाइनिज ताइपेईसँग खेल्दै छ। सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज चाइनिज ताईपेइसँग खेल्न लागेको हो। खेल कुवेतको जाबेर अल अहमेद स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ। नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर बाँकी खेलमा जित निकाले एसिया छनोटको तेस्रो चरणमा भने नेपालले स्थान बनाउने छ। समूह ‘बी’मा रहेको नेपाल ५ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा… पुरा पढौ