खेलकुद

प्रथम गोकर्णेश्वर खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता भोलिबाट

काठमाडौं, २६ फागुन । भोलि फागुन २७ गतेदेखि २८ गतेसम्म प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता ( मेयर कप - २०७९ ) आयोजना हुने भएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मावि को व्यवस्थापकीय भूमिकामा उक्त प्रतियोगिता हुन लागेको बताइएको छ । तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको मूल उदेश्य तथा लक्ष्य रहेको संयोजन समितिका… पुरा पढौ

नेपालद्वारा पपुवा न्यूगिनी ५२ रनले पराजित

काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो । जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको… पुरा पढौ

आशिफ शेखले बनाए पहिलो एकदिवसीय शतक

काठमाडौं, २५ फागुन । नेपाली क्रिकेट टोलीका ओपनर आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले ११० बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरे । आशिफ १ सय १० बलमा १ सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार… पुरा पढौ

आइसिसी विश्वकप लिग–२: नेपालको राम्रो शुरुवात

काठमाडौं, २५ फागुन । नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको १०८ रनको साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ । कीर्तिपुरको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यतिबेला सम्म भने २७ ओभरमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेखले ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरे । उनी अहिले ८० बलमा ८१ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर कुशल भुर्तेल ५६… पुरा पढौ

विश्वकप क्रिकेट लिग टू: नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं, २२ फागुन । विश्वकप क्रिकेट लिग टू अन्तर्गकतको खेलमा नेपालले यूएईसामु २३० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । यूएई भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । टोलीको रन थोरै हुँदा नै ५ विकेट गए पनि भीम सार्कीको ७० रनको महत्वपूर्ण पारीसँगै नेपालले यूएईसमक्ष सम्मानजनक योगफल तयार पारेको हो । सार्कीलाई सन्दीप लामिछाने र आरिफ शेखले एक छेउबाट महत्वपूर्ण साथ दिइरहे । १८ ओभरको खेल सकिँदा ६८ रनमा ४ विकेट… पुरा पढौ

पाँचौं सृजना कप : छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई उपाधि

पोखरा, १९ फागुन । पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा… पुरा पढौ

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

बर्लिन, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा “मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध… पुरा पढौ

टस जितेर ब्याटिङ गर्दै पीएनजी, नेपालले लियो २ विकेट

काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ गरेको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोज्दै २० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ७६ रन बनाएको छ । पीएनजीका लागि टोनी उराले ३३ तथा असद भालाले २ रन जोडेका छन् । ओपनर किप्लिन डोरिगा २६ रनमा सन्दीप लामिछानेको बलमा आउट भए भने सेसे बाउलाई आशिफ शेखले रन ११ रन बनाएको अवस्थामा रन आउट गराए । नेपालले आजको खेलमा एक… पुरा पढौ

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासमा चार स्वर्ण जितिन

गलेश्वर, १९ फागुन । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको… पुरा पढौ

युएईलाई हराउँदै नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट

काठमाडौं, १८ फागुन । आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो । युएईका… पुरा पढौ