आर्थिक 📈

मोबाइल एप र क्यूआर कोडबाट अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

काठमाडौं, १७ माघ । अबदेखि मोबाइल एप तथा क्यूआर कोडबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने भएको छ । हालै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न पाइनेमा अब यो सीमा बढाएर ३ लाख पुर्याइएको हो । सोही निर्देशनले वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढाएको… पुरा पढौ

‘बापु’को आगमनले लुम्बिनीका व्यवसायी उत्साहित,९० प्रतिशत होटल बुक

भैरहवा, १७ माघ । लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुको आगमन हुने भएपछि यसले त्यो क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा मोरारी बापुद्वारा हुने ‘श्री रामकथा प्रवचन’ का लागि लुम्बिनीका होटल पहिलेदेखि नै बुक भइसकेका छन् । करिब एक सय ७० देशबाट मोरारी बापुका हजारौँ अनुयायी लुम्बिनी आउँदैछन् । यसले यस क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ । “बापुको… पुरा पढौ

ओरालो यात्रामा सेयरबजार, कारोबारमा रिडी पावर अब्बल

काठमाडौं, १७ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । सोमबार ४१.०१ अंकले घटेको सेयर बजारमा यसदिन १५.७० अंकको गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमि देखिएको छ । एउटा उपसमूह बाहेक सबैमा रातो लागेको छ । एक मात्र हाइड्रोपावर उपसमूहमा हरियो लागेको छ । नेपाल स्टक इक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३६ अंकले… पुरा पढौ

३ महिनाभित्र लेखापरीक्षण गराइसक्न बीमा संस्थान र कम्पनीलाई निर्देशन

काठमाडौं, १७ माघ । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गरिसक्नु पर्ने भएको छ । हालै अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई यस्तो निर्देशन दिएको हो । अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३–०७४ देखि… पुरा पढौ

नेप्से: प्रि-ओपन सेसनमा करिब ३ अंकको वृद्धि

काठमाडौं, १७ माघ । आज मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक ४१.१६ अंक घटेर २१२७.३७ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से २.९१ अंक बढेर २१३०.२९ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स पनि ०.९२ अंकले बढेको छ। आज मंगलबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ६ लाख १० हजार १४६ रुपैयाँ ६० पैसा बराबरको १ हजार १०३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको यथावत्, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, १७ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसैगरी चाँदीको भाउ भने यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ५ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ५… पुरा पढौ

यी ३ कम्पनीको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, १७ माघ । अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुधबार माघ १८ गते बुकक्लोज गर्ने भएका छन् । लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्। अरुण भ्याली हाइड्रोपावर अरुण भ्याली हाइड्रोपावर… पुरा पढौ

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १७ माघ । माया खोला हाइड्रोपावर कम्पनीकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १३ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे । आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि र वैदेशिक रोजगार रहेका नेपालीहरुका सेयर बिक्रीमा ल्याएपछी अहिले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याइएकाे हाे । कम्पनीका अनुसार जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर निष्काशनका लागि छुट्याएको हाे । त्यसबाट १० लाख कित्ता आयोजन प्रभावित… पुरा पढौ

भोजपुरमा ८५३ मेट्रिक टन सुन्तला उत्पादन

भोजपुर, १७ माघ । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई… पुरा पढौ

धिताे लिलामीकाे धम्की दिदैं आतंक नमच्चाउन व्यवसायीहरूले गरे बैंकलाई आग्रह

काठमाडौं, १६ माघ । उद्योगी व्यवसायीहरूले बैंकहरुले गरेकाे कर्जा ताकेता र उच्च ब्याजदरकाे कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारसंग माग गरका छन् । उनीहरुले उद्योग व्यवसायका क्षेत्रमा परेकाे समस्या हल गर्न र लगानीकाे वातावरण बनाउन माग गर्दै लिलामी निकालि दिने धम्कि र आंतक नमच्चाउन आग्रह गरे । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको तारन्तारकाे ताकेता तथा चर्काे ब्याजदरबिरुद्ध आज आयाेजना गरेकाे सडक आन्दोलनका क्रममा उनीहरुले उच्च ब्याजदर र आम्दानीमा भएकाे घट्दाे अवश्थाकाे कारण समस्यामा परिरहेकाे भन्दै लगानीमैत्री वातावरण बनाउन माग गरे… पुरा पढौ