आर्थिक 📈

अब अन्तर बैंक एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने, महिनामा २ पटक निःशुल्क

काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशिका २०७७ लाई संशोधन गरेको छ । संशोधन गरिएको व्यवस्था अनुसार अब एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डले अर्को बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने भएको छ । तर राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्रत्येक महिनामा २ पटकको कारोबार निःशुल्क गर्नुपर्ने भएको छ । दुई पटकभन्दा बढी कारोबार गरेको हकमा भने बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने भएका छन् ।… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माद्धारा शपथ ग्रहण

काठमाडाैं, २३ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत… पुरा पढौ

आज पनि शेयर बजार दोहोरो अंकले वृद्धि, ५ अर्ब ८७ करोड बढीको कारोबार

काठमाडौं, २३ पुस । बिहिबार नेप्से उकालो लागेको छ । यो हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १५.९१ प्रतिशतले वृद्धि भई २१९४.४८ अंकमा पुगेर रोकिएको छ भने आज नेप्से ०.७३ प्रतिशतले बढेको छ । सेन्सेटिभ परिसूचक ३.०८ अंकले बढेर ४२१.२२ रहेको छ । आज २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार… पुरा पढौ

सुनको भाउ रु १३०० ले घट्यो, तोलाको कति ?

काठमाडाैं, २३ पुस । बिहिबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाल सुनमा आज प्रतितोला रुपैयाँ १ हजार ३०० रूपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । वुधबार रुपैयाँ ३०० ले वृद्धि भएर छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको छ । यसअघि वुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा… पुरा पढौ

सिटिजन्स बैंकको तिनाउ मिसनसंग प्राप्तिको सम्झौता सम्पन्न, माघ १५ मा विशेष साधारण सभा

काठमाडौं, २३ पुस । सिटिजन्स बैंककाे तिनाउ मिसन डेभलपमेण्ट बैंकसंग प्राप्तिको लागि सम्झौता सम्पन्न भएको छ । दुबै बैंकले विलयका लागि माघको १५ गते विशेष साधारण सभा बोलाएका छन् । सिटिजन्स बैंकको नेपालकाे केन्द्रीय बैंकबाट 'ख' बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आयोजित कार्यक्रममा बैंकका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ डेभलपमेण्टका संचालक, मर्जर तथा प्राप्ति संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका… पुरा पढौ

सिंगटी हाइड्रोले पायो ४३ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति

काठमाडौं, २३ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिंगटी हाईड्रोपावर लिमिटेडलाई ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीका अनुसार प्रतिकित्ता रुपैयाँ १०० को दरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न तथा बिक्री खुल्ला गर्नको लागि निदवेदन दिईएकोमा सो निवेदन स्वीकृत भएको छ । कम्पनीको साधारण शेयर निष्काशन र बिक्रीका लागि मेघा क्यापिटल मार्केट बिक्री प्रबन्धक तोकिएको छ । पुरा पढौ

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युतमा लगानी गर्ने

काठमाडौं, २२ पुस । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो । आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए ।… पुरा पढौ

शेयर बजार दोहोरो अंकले वृद्धि, ४ अर्ब ४२ करोडको कारोबार

काठमाडौं, २२ पुस । शेयर बजारमा सुधार देखिन थालेको छ । नेप्सेमा वृद्धि भईरहेको छ । शेयर कारोबार औसतमा सन्तोषजनक रहेको छ । आज शेयर बजार दोहोरो अंकले बढ्यो । आज नेप्से ०.६० प्रतिशतले बढेको हो । नेप्से परिसूचक १३.०७ अंकले वृद्धि भएर २१७८.५७ विन्दुमा पुगेर रोकियो । सेन्सेटिभ परिसूचक भने ४.४५ अंकले वृद्धि भएर ४१८.१४ अंकमा रहेको छ । आज २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब ४२… पुरा पढौ

विश्व बैंकको प्रक्षेपण: यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने

काठमाडौं, २२ पुस । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अहिले विश्व नै कोरोना भाइरसको महामारीकाे कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको र कोरोनाक कारण पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकहरुमा त्यसकाे प्रत्यक्ष मार परेको जनााईएको छ । बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स जनवरी २०२१ को रीपोर्टमा नेपाल, भुटान, श्रीलंका, मालदिभ्सको अर्थतन्त्रमा नराम्रो असर गरेको उल्लेख गरिएको छ । बैंकले भनेको छ, कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहन्छ ? भविष्यको गर्भमै रहेकोले आशा गरे जस्तो सुधार… पुरा पढौ

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडाैं, २२ पुस । सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । आज छापावाला सुन रुपैयाँ ३०० ले वृद्धि भएकाे छ । आज छापावाला सुनप्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज प्रतितोला ५… पुरा पढौ