आर्थिक 📈

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

बागलुङ , १९ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् । आइतबार बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन हुनु पर्ने बताएका हुन् । राम्रो नीतिका कारण मलेशियाले छोटै समयमा निकै राम्रो विकास गरेको भन्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन तबसम्म निजी क्षेत्रको लगानी… पुरा पढौ

आईतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, १९ पुस । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० कायम भएको छ । शुक्रबार पनि सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज पनि शुक्रबारको जस्तै प्रतितोला १ हजार ३०० रुपैयाँमा… पुरा पढौ

को बन्ला बीमा समितिको नयाँ अध्यक्ष ?

काठमाडौं, १९ पुस । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको नयाँ अध्यक्ष यहि साता नियुक्ति गर्ने गरी सरकारले काम अघि बढाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यक्षका लागि तीन जनाको नाम प्रस्ताव लैजाने अर्थमन्त्री विषुप्रसाद पौडेलले तयारी गरेका छन् ।अर्थमन्त्रीको प्रस्ताव गरेका तीन मध्ये एक जनालाई मन्त्रिपरिषदले नयाँ अध्यक्ष नियुक्त गर्नेछ । चार वर्ष अघि तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा अध्यक्ष बनेका चिरञ्जीवि चापागाईंको आगामी २७ गते कार्यकाल पुरा हुँदैछ । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार… पुरा पढौ

सनराइज बैंकको बिवाद अझै सुल्झिएन, हट्लान त सीईओ पौड्याल ?

काठमाडौं, १ पुस । सनराइज बैंकको आन्तरिक बिवाद फेरि चर्किएको छ । केहि समय अघि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र केहि सञ्चालकहरुबीच भएको बिवाद पुनः बल्झिएको हो । केहि सञ्चालकहरुले सीईओ पौड्यालले आफूखुसी महत्वपूर्ण निर्णयहरु गरेको, सञ्चालकलाई नै नटेरेको भन्दै राजीनामा माग गरेका थिए । पौड्याललाई हटाउन सञ्चालक शैलेन्द्र गुरागाईं लगायतको चर्को दवाव थियो । तर सीईओ शर्माको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड नै उभिएका थिए । सीईओलाई नहटाए अध्यक्ष नै हटाउने भन्दै सञ्चालकहरुले निकै दवाव दिए… पुरा पढौ

ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश

काठमाडौं, १८ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा-सञ्जालका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको छ । बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ । प्रस्तावित १४ प्रतिशत बोनसपश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध हुँदै

पोखरा, १८ पुस । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा पवन प्रजापति निर्विरोध हुने भएका छन् । संघको आगामी पुस २४ र २५ मा हुने ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयनपत्र दर्तामा वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्र उम्मेदवारी दर्ता भएको हो । पुस २१ मा मनोनयन पत्रबारे दाबी विरोध भएकोले निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचन समितिका अनुसार शुक्रबार संघको २९ सदस्यीय कार्यसमिति सदस्यका लागि ४० जनाले मनोनयपत्र बुझेको संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए। शनिबार अध्यक्षमा नारायण… पुरा पढौ

प्रभु लाइफको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत, कारोबार आईतबारबाट

काठमाडौं, १७ पुस । प्रभु लाइफ इन्स्याेरेन्सको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । प्रभुले सर्वसाधारणको लागि निष्काशन गरेको शेयरसहित २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको नेप्सेले आज जनाएकाे हाे । शेयर नेप्सेमा सूचीकृत भएपछि आईतबारबाट कारोबारमा आउने भएको छ । नेप्सेले प्रभु लाइफको शुरुको कारोबार घटीमा १०९ रुपैयाँ ५६ पैसा र बढीमा ३२८ रुपैयाँ ६८ पैसा हुने जनाएको छ । यसकाे शेयर कारोबार संकेत पिएलआईबाट हुनेछ । कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता… पुरा पढौ

किसानले गरे एउटै गाउँमा डेढ करोडकाे सुन्तला उत्पादन

गलकोट, १७ पुस । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला… पुरा पढौ

सवारी साधन आयातमा कमीले राजस्व प्रभावित

वीरगञ्ज, १७ पुस । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए। चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अर्ब २९ करोड मूल्य बराबरको ३७… पुरा पढौ

आज सुनको मूल्य रू ४०० ले उकालो लाग्यो, ताेलाकाे कति ?

काठमाडाैं, १७ पुस । आज सुनकाे मूल्य ताेलामा रूपैयाँ ४०० ले वढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएकाे छ । बिहीबार प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएको छापावाला सुन आज तोलामा रु ४०० ले उकालो लागेको महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएकाे छ । बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज… पुरा पढौ