समाचार

वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागी बन्द

काठमाडौं, १७ भदौं । वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा.  केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए । उनले पछिल्लो समय डाक्टर नर्स,… पुरा पढौ

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर, १७ भदौ । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा… पुरा पढौ

पोखरामा थप २० प्रहरीमा कोरोना कसरी सर्यो ?

पोखरा, १७ भदौ । दुईसाता अघिसम्म छिमेकी वडाहरुमा लगातार कोरोना संक्रमितका बिरामी देखिन थाले पनि पोखरा ७ मा संक्रमित थिएनन् । तर गएको भदौ ३ मा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा–७ मा एकैपटक १६ जनामा कोरोना पुष्टि भएको भन्दै विज्ञप्ति सार्वजनिक गर्यो । एकैछिनमा मानिसहरुमा खैलाबेला भयो । विशेषगरी कोरोनाविरुद्ध सचेतना अपनाउँदै आएको वडा ७ मा यसरी एकाएक १६ जनामा कोरोना देखिनु अस्वभाविक थियो । बुझ्दै जाँदा थाहा लाग्यो, उनीहरु त गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा कार्यरत प्रहरी रहेछन्… पुरा पढौ

गण्डकी प्रदेशमा संक्रमित २ हजार २४५, नर्श, प्रहरी र पसलेमा संक्रमण पोजेटिभ

पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुने संख्या २ हजार २४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । वुधवार बिहान थप नयाँ ३५ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार २४५ पुगेको स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले बताएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा तनहुँका १, कास्कीका २३, लमजुङका ४, नवलपरासी पूर्वका ७ गरी नयाँ ३५ जनामा संक्रमण… पुरा पढौ

ताप्लेजुङमा चट्याङले महिलाको ज्यान गयो, पाँच घाइते, सतर्कता अपनाऔं-मौसम पूर्वानुमान महाशाखा

ताप्लेजुङ, १७ भदौ । मंगलवारबाट मौसममा आएको बदलीसंगै देशका विभिन्न भागमा भारी तथा आंशिक वर्षा भईरहेको छ । साथै चट्याङ परेको छ । ताप्लेजुङमा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मंगलवार दिउँसो परेको चट्याङ लागेर ज्यान गएको हो । चट्याङबाट घाइते भएकी भट्टराईलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गएको प्रहरीले बताएको छ । चट्याङ लागेर सिरिजङ्घा गाउँपालिकाका दुई र पेदाङका तीनसहित पाँच जना घाइते भएका छन्… पुरा पढौ

भैरहवामा कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु

बुटवल, १७ भदौ । भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भीम अस्पतालमा उपचाररत् रामग्राम –५, नवलपरासीकी ६५ वर्षीया महिलाको उपचारक्रममा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार ती महिलामा मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो । कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएकोमा आईसीयु उपलब्ध नहुँदा सोमबार भीम अस्पतालको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो । पुरा पढौ

नुवाकोटमा जोरबिजोर लागू

नुवाकोट, १७ भदौ । नुवाकोट जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रकोे बैठकले गएराति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । यस्तै, शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई… पुरा पढौ

जबर्जस्ती करणी अभियोगमा अर्का भूपू भारतीय सैनिक पनि पक्राउ

पोखरा, १६ भदौ । एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन् । गएको भदौ १२ गते राति साढे ८ बजे स्थानीय २३ वर्षीया महिलालाई डर, धाकधम्की देखाई जबर्जस्ती करणी गरेको कसूरमा उजुरी परेपछि निजलाई कास्की प्रहरीले पोखरा–१० बाट सोमबार पक्राउ गरेको हो । निज गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया… पुरा पढौ

गण्डकीमा मंगलबार थपिए ४४ संक्रमित, निको हुने दर ७७ प्रतिशत

पोखरा, १६ भदौ । गण्डकी प्रदेशमा मंगलबार ४४ संक्रमित थपिएका छन् । योसहित प्रदेशमा २ हजार २ सय १० जना कोरोना संक्रमित पुगेका छन् । मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै लमजुङका २६ जना रहेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १०, तनहूँ ३, कास्की ३, बागलु र पर्वत १–१ जना संक्रमित रहेका छन् । कास्कीका ३ मध्ये सबैजना पोखराका हुन् । गएको २४ घण्टामा गण्डकीमा १६ जना निको भए । योसहित कोरोना जित्नेको संख्या १ हजार ७ सय १२… पुरा पढौ

सिरहामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

लहान, १६ भदौ । कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ ।सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला… पुरा पढौ