समाचार

विपन्न परिवारका लागि फुड बैंक सञ्चालनमा

विराटनगर, १६ भदौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ । निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो । फुड बैंकमा एक जना व्यक्तिलाई अढाइ केजी चामल, आधा लिटर तेल, २५० ग्राम दाल, सोयाबिन र नुन रााखिएको छ । फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा एंव स्वयंसेवक युवाले योगदान पु¥याएका छन् । पुरा पढौ

गण्डकीमा भेटियाे प्रहरी, पत्रकार, पर्यटन व्यवसायी, बैंकरमा काेराेना

पाेखरा, १६ भदाै । गण्डकी प्रदेशमा थप ३९ जना काेेराेना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये लमजुङका २६, नवलपुर १०, कास्की २ र बागलुङका १ जना संक्रमित छन्। उनीहरूमा बैंकर, प्रहरी, पर्यटन व्यवसायी, अस्पतालमा उपचाररत १४ दिनका शिशु, पत्रकार महिला समेत रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ। याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । संक्रमितमध्ये १४ जनाकाे मृत्यु भएकाे छ। पुरा पढौ

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौँ, १६ भदाै । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार… पुरा पढौ

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

महोत्तरी, १६ भदौ । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो । सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गरेकोआदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो ।… पुरा पढौ

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण, अवस्था सामान्य

विराटनगर, १६ भदौ । प्रदेश नंवर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमवार राति भएको परिक्षणमा नतिजा पोजेटिभ देखिएको हो । मन्त्री घिमिरे भदौ १३ गते धनकुटा अस्पतालको निरिक्षणमा जानु भएको थियो । त्यहाँबाट फर्किए लगत्तै उहाँलाई पखाला लागेको थियो । सोमवार देखि ज्वरो आउन शुरु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल घिमिरे निवासमै सुरक्षित तवरले बसिरहनु भएको सचिवालयले बताएको छ… पुरा पढौ

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गोरखाको आरुघाट निवासी ६५ वर्षीया महिलाको भदौ १३ मा काठमाडौंस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा भदौ ४ देखि नै उपचाररत् उनको निधनकै दिन भदौ १३ मा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले विज्ञप्तिमार्फत जनाएको छ । ती महिला हाइपोथाइरोडिजम तथा मिगौैलाबाट लामो समयदेखि ग्रसित थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो नियमित प्रेस ब्रिफिङमा समेत ती महिलाको कोरोना संक्रमणको कारण… पुरा पढौ

कोरोनाले नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, १५ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वाका ४० वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० मा काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी जनकपुरमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रदेश २ सरकारका कोभिड फोकलपर्सन विजयकुमार झाले जनाए । ती व्यक्तिले स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए । स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… पुरा पढौ

नेपालमा ८९९ संक्रमित थपिए,एक बालिकासहित ७ को मृत्यु

काठमाडौं, १५ भदौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । साथै मृत्यु हुनेक्रम पनि रोकिएको छैन । गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ वर्षीया बालिकासहित ७ जनाको दुःखद निधन भएको छ । आइतबारमात्रै नेपालमा १४ जनाले ज्यान गुमाउँदा १ हजार २ सय २१ संक्रमित थपिएका थिए । सोमबार ज्यान गुमाएका ७ मध्ये ३ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो । जसमा महोत्तरीकी ४ वर्षीया… पुरा पढौ

लायन्स भद्रकालीको साताव्यापी रक्तदान,१५३ युनिट रगत संकलन

पोखरा, १५ भदौ । लायन्स क्लब अफ पोखरा भद्रकालीले थालेको साताव्यापी कार्यक्रममा १ सय ५३ युनिट रगत संकलन भएको छ । अभियानको अन्तिम दिन सोमबार पोखराको विपी चोकमा १३ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको चरम अभाव भएपछि क्बलले अभियान थालेको हो । क्लबका निर्देशक समरबहादुर परियार समिरको संयोकत्वमा भएको अन्तिम दिनको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको हो ।लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लस्टर… पुरा पढौ

कोभिड १९ को परिक्षण शुल्क ४ हजार ४०० मात्रै

काठमाडौं, १५ भदौ । कोभिड १९ को परिक्षणको लागि अब ४ हजार ४०० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्वन्धमा सोमवार बसेको वैठकले कोभिड १९ को परिक्षणको लागि ४ हजार ४०० भन्दा वढी लिन नपाउने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको वैठकले सःशुल्क रुपमा कोभिड १९ को परिक्षण गर्ने सबै प्रयोगशालाहरुले परिक्षण वापत लाग्ने सेवा शुल्कसहित अधिक्तम ४ हजार ४०० रुपैयाँ मात्रै… पुरा पढौ