समाचार

पोखरामा ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, १३ भदौ । पोखरामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे निधन भएको हो । गत भदौ ७ मा पेटकाे शल्यक्रिया गरिएका ती बिरामीको ८ गते नमुना परीक्षणको लागि पठाइएकोमा भदौ १० मा कोरोना पुष्टि भएको थियो । कोभिड–१९ संक्रमित पुष्टिपछि उनलाई सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरिएकोमा शनिबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । प्रतिष्ठानमा उपचाररत… पुरा पढौ

नयाँ २१ थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७७

पोखरा, १३ भदौं । गण्डकी प्रदेशमा कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ हजार ७७ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् । शनिवार बिहान १०.२० मा अध्यावधिक गरिएको विवरण अनुसार नयाँ २१ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार ७७ पुगेको गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता रहनु भएका डा.शर्माले जानकारी दिएका हुन । क्षयरोग उपचार केन्द्र, पोखरा तथा चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण अनुसार नवलपुर पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको हो ।… पुरा पढौ

वीरगञ्जमा थप ३ जना संक्रमितको मृत्यु

वीरगञ्ज, १३ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु दर बढ्दै गएको छ । वीरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । तीमध्ये १ महिला छन् । वीरगञ्ज–१२ का वर्ष ४३ का पुरुषको गएराति ११ बजेर ५५ मिनेटमा मृत्यु भएकोमा अर्का वीरगञ्ज–२६, मनियारीका वर्ष ३७ का पुरुषको गएराति ११ बजेर ४१ मिनेटमा मृत्यु भएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो… पुरा पढौ

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

चितवन, १३ भदाै । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए। आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले… पुरा पढौ

थप ९२७ मा पुष्टि, संक्रमण हुनेको संख्या ३६ हजार ४५६

पोखरा, भाद्र १२ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ । शुक्रवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल १६ हजार १९ जना कोरोना संक्रमणका सक्रिय केस रहेका छन् । बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै नेपालमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार… पुरा पढौ

कास्कीमा निषेधाज्ञा खुकुलो, स्वास्थ्य र सुरक्षाको मापदण्ड कायमै

पोखरा, १२ भदौ । कास्की जिल्लामा १० दिनसम्म जारी निषेधाज्ञा केहि खुकुलो बनाईएको छ । विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ २ देखि निषेधाज्ञा आदेश जारी गरेको थियो । पछि भदौ ८ देखि पुनः ५ दिन थप्दै भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले अर्को सूचना निकाली जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन, २०२० बमोजिम भदौ १२ गते राति १२ बजेदेखि… पुरा पढौ

विश्वभरका पाैने २ करोड जनताले कोरोनालाई जिते

पोखरा, भाद्र १२ । विश्वमा हालसम्म कोरोना भाईरसलाई जितेर सामान्य जिवनमा फर्किनेहरुको संख्या १ करोड ७० लाख ९४ हजार ६३४ पुगेको छ । यस्तै, ६६ लाख ९८ हजार ३३६ वटा सक्रिय केस रहेका छन् । ६६ लाख ३६ हजार ९२९ जनाको अवस्था सामान्य रहेको छ । गम्भिर अवस्थाका विरामी ६१ हजार ४०७ जना रहेका छन् । सबैभन्दा वढी कोराना प्रभावित भएको देश अमेरिकामा ३३ लाख ४७ हजार ९४० जना निको भएका छन् । सक्रिय केस २५ लाख १३ हजार ८९८… पुरा पढौ

झापामा कोरोनाबाट ८३ वर्षीय वृद्ध मृत्यु

झापामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा ३ केर्खाका ८३ वर्षीय वृद्ध हुन् । उनको शुक्रबार बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । झापाको कोभिडबाट मृत्यु हुनेको संख्या यो सहित २ पुगेको छ । झापाको दमकमै गत साता एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । पुरा पढौ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

चितवन, भदौ १२ भदौ । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी… पुरा पढौ

स्याङ्जामा गएरातिदेखि निषेधाज्ञा थप, भदौ १८ सम्म कायम

स्याङ्जा,भदौ १२। स्याङ्जामा अघिल्लो महिना संक्रमित दर उच्च थियो । अहिले घटेको छ । तैपनि छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित लगातार देखिन थालेपछि स्याङ्जामा निषेधाज्ञा अवधि थपिएको छ । निषेज्ञाधा पहिलेको तुलनामा अहिले केही खुकुलो पारिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले गएराति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक अनुसार एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य… पुरा पढौ