समाचार

‘नेपाल पुलिस’ एप गण्डकीमै पहिलोपल्ट सार्वजनिक

पोखरा, ११ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशमै पहिलोपटक ‘नेपाल पुलिस’ मोवाइल एप सार्वजनिक गरेको छ । नेपाल प्रहरीको कामकारबाही समयानुकूल प्रविधिमैत्री सेवारुपमा संस्थागत विकास गर्ने उद्देश्यअनुरुप सो एप बिहीबार पत्रकार सम्मेलन गरी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले सार्वजनिक गरेका हुन् । सामुदायका आपराधिक क्रियाकलाप, घटना तथा सूचना छिटोछरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न सो एपले सघाउने उनको विश्वास छ । एन्ड्रोइड र ‘आइफोन दुवैमा सञ्चालन… पुरा पढौ

जमैका पराजित:सन्दीपले दुई विकेट लिए

काठमाडौँ, भदौ ११ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल… पुरा पढौ

अहिलेसम्मकै उच्च संक्रमण १ हजार १११, संक्रमित ३५ हजार ५२९ पुगे

काठमाडौं, भाद्र ११ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । विहीबार एकैदिन १ हजार १११ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । याे संक्रमण अहिलेसम्मकै उच्च हाे । बितेको २४ घण्टामा ५६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेहरुको २० हजार ७३ पुगेको छ । काठमाडौमा मात्रै आज २७०,… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

कलैया, ११ भदौ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ । महागढीमाई नगरपालिका– २ भूूतहीपुलबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहटका ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको हो । प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको मृत्युु भएको हो । पुरा पढौ

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल, ११ भदौ । बुटवलमा बिहीबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत् रुपन्देहीको तिलोत्तमा–२, जानकीनगरकी ७० वर्षीया वृद्ध महिलाको मृत्यु भएको हो । साउन २६ मा उनमा संक्रमण पुष्टि भएकोमा आफ्नै घरको आइसोलेसनमै बसेर उपचार जारी थियो । पछि स्वास्थ्यमा समस्या आएपछि साउन ३१ मा धागो कारखानास्थित कोरोना अस्पताल भर्ना गरिएको थियो । उनलाई ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । उनका… पुरा पढौ

पोखरामा कोरोना संक्रमित युवतीको मृत्यु

पोखरा, ११ भदौ । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा –११ निवासी ३२ वर्षीया युवतीको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । डा. आचार्यका अनुसार ती युवतीमा गत भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो । यो सहित प्रतिष्ठानमा उपचारक्रममा मृत्यु हुने उनी पाँचौ संक्रमित हुन् । गण्डकीमा भने यो सहित मृत्यु हुनेको संख्या… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा बिहिबार बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा अघिल्लो महिना पनि अविरल वर्षापछि पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुँदै आएको थियो । पुरा पढौ

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्म’

काठमाडौँ, ११ भदौ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका छन् । रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी… पुरा पढौ

क्लोथ बैंकद्वारा अक्सिजन सेवा सञ्चालन

जनकपुरधाम, १० भदौ । प्रदेश २ मा कोरोना सङ्क्रमण बढ़दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ । विपन्नका लागि लुगा सहयोग गर्दै आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडको अभावमा होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइरहेकालाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ । घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२… पुरा पढौ

नेपालमा कोरोना संक्रमणले ११ जनाको मृत्यु, ८८५ संक्रमित थपिए

काठमाडौं, भदौ १० । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको जानकारी मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका हुन् । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । गएको २४ घण्टामा ज्यान गुमाउने महिलामा मोरङका ४६ र भक्तपुरकी ५३ वर्षीया छन् । त्यस्तै, पुरुषहरुमा कैलालीका वर्ष ४५ र… पुरा पढौ