समाचार

पत्रकार ढुंगानामाथि दुव्यर्वहारको आपत्ति

पोखरा, ९ भदौ । पत्रकार सुमन ढुंगानालाई रिपोर्टिङ क्रममा पोखराको बुद्धचोकमा ट्राफिक प्रहरीबाट भएको दुव्यर्वहारप्रति पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ । महासंघ कास्कीतर्फबाट सचिव रामप्रसाद तिमिल्सिनाले मंगलबार विज्ञप्ति जारी गरी पत्रकारलाई निरुत्साहित गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको भन्दै आगामी दिनमा यसप्रकारका घटना नदोहो¥याउन आग्रह गरिएको छ । पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले अपराधीलाई झैं केरकार गर्ने, कोरोना महामारीमा समेत अग्रपंक्तिमा खटिएका पत्रकारलाई दुरुत्साहित गर्न खोज्ने कार्यले आगामी दिनमा बन्द गर्न समेत चेतावनी दिइएको छ । महासंघ सदस्य एवं एभिन्यूज… पुरा पढौ

महासंघका अध्यक्षको माग– प्राधिकरणमा कुलमान नै चाहिन्छ

काठमाडौं, भदौं ९ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग गरेका छन् । कुलमानकै कारण नेपालमा उद्योगहरुको अवस्थामा सुधार आएको भन्दै अध्यक्ष कटुवालले आगामी कार्यकाल पनि उनकै नेतृत्वमा प्राधिकरण चल्नु पर्ने बताए । घिसिङको कार्यकाल आगामी २९ गते सकिदैछ । उनको पहिलो कार्यकाल सकिएसँगै अब कसलाई प्राधिकरणको नेतृत्व दिने बसह पनि शुरु भएको छ । धेरैले कुलमानलाई नै निरन्तरता दिनु पर्ने बताएका छन् । यद्यपि, प्राधिकरणको नेतृत्वका लागि राष्ट्रिय पुननिर्माण… पुरा पढौ

विवाद समाधान पछि शनिबार बस्ने भयो नेकपा सचिवालय बैठक

काठमाडौं, भदौं ९। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद समाधान भएपछि सचिवालय बैठक बस्ने मिति तय भएको छ । नेकपाले आगामी शनिबार सचिवालय बैठक बोलाएको हो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने… पुरा पढौ

पोखरामा एक पत्रकारमा कोरोना पुष्टि

पोखरा, ९ भदौ । पोखरामा कार्यरत एक पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। लेखनाथको एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष संचारकर्मीमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय वाणिज्य बैंकका २ कर्मचारीमा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट टे«सिङमा परेकोमा नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनको सोमबार नमुना परीक्षण भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । यसैबीच, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोनाबाट त्रसित नबन्न र सुरक्षित रुपमा रिपोर्टिङ गर्न आग्रह गरेका छन् । जोखिममा रहेका… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएला ?

काठमाडौं, ९ भदौ । दिनहुँ २ सय बढी संक्रमित भेटिन थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि थप गर्ने वा नगर्ने भन्ने विषयको टुंगो दिउँसोमात्र हुने भएको छ । निषेधाज्ञा अवधि लम्ब्याउने वा टुंगाउने भन्ने विषयमा छलफल गर्न आज मंगलबार उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न दिउँसो ४ बजे बैठक बस्ने तयारी भएको जानकारी दिए । उनले छलफलपछि मात्र यो विषय टुंगाइने बताए । प्रजिअको बैठकअघि उपत्यकाका… पुरा पढौ

पोखरामा थप ४ जनामा कोरोना पुष्टि

पोखरा, ९ भदौ । पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना भारतबाट आएका र २ जना कन्ट्याक्ट टे«सिङ आधारमा कोभिड–१९ पुष्टि भएका व्यक्तिहरु हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गरी भारतबाट आएका पोखरा १३ का वर्ष ३० का जना पुरुष तथा कन्ट्याक्ट टे«सिङ आधारमा पोखरा २८ का ३४ वर्षीय पुरुष र वडा २९ की ३६ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको जनाएको हो । योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार… पुरा पढौ

प्रदेश प्रहरी प्रमुख डीआईजी अर्यालद्वारा एक वर्षे कार्ययोजना सम्झौता

पोखरा, ८ भदौ । गण्डकी प्रदेशअन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसँग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको ‘एकवर्षे कार्ययोजना–२०७७/०७८’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक डा.… पुरा पढौ

अत्यावश्यक बाहेकका सेवा १५ गतेसम्म नदिने उपत्यकाका स्थानीय तहको निर्णय

काठमाडौं, भदौं ८ । काठमाडौं उपत्यकाका स्थानीय तहहरुले आगामी १५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । उपत्यकाका स्थानीय तहहरुको संगठन उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सोमबार राष्ट्रिय सभामा बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि ९ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी रहेको र उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने… पुरा पढौ

लायन्स क्लब अफ पोखरा भद्रकालीकाेआकस्मिक रक्तदान

पाेखरा, भदाै ८ । लायन्स क्लब अफ पोखरा भद्रकालीलेआकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेकाे छ। पोखरा १३, भद्रकाली स्कुल चोकमा  आज भाद्र ८ गते बिहान आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएकाे हाे। कार्यक्रममा २६ पिन्ट ब्लड संकलन भएको क्लबका अध्यक्ष ला. संयुक्त धाख्वाले बताए । बिश्वब्यापी कोराेना कहरसंगै रक्त संचार केन्द्र पाेखरामा रगतको अभाब भएको भन्ने समाचार अाएपछि लायन्स क्लब अफ पोखरा भद्रकालीले याे आकस्मिक रक्तदान गरेकाे अध्यक्ष धाख्वाले बताए। प्रमुख अतिथी डिष्ट्रिक डिपार्टमेन्ट चिफ ला. बालाकृष्ण शर्माकाे उपस्थितिमा भएकाे आकस्मिक रक्तदानमा क्लबका… पुरा पढौ

क्षेत्रीय हुलाक निर्देशनालय प्रदेश मातहत ल्याइने

पोखरा, ८ भदौ । पोखरास्थित क्षेत्रीय हुलाक निर्देशनालयको घरजग्गा प्रदेश मातहत ल्याउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पोखरा ७, शहीदचोकस्थित १ हजार ५ सय ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गत भदौ ३ मा बसेको बैठकको निर्णय सोमबार सुनाउँदै सो जानकारी दिएका हुन् । यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय… पुरा पढौ