समाचार

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, ७ भदौ । बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीया महिला र ३८ वर्षीय पुरुष हुन् । उनीहरुको आइतबार उपचारक्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका वडा १ की ६७ वर्षीया महिलाको दिउँसो १ बजे मृत्यु भएको हो । उनलाई उपचारार्थ साउन ३१ मा अस्पताल भर्ना गरिएको थियो । निजको श्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, प्रेसर र मिर्गौला रोग भएको अस्पतालले जनाएको छ । उता,… पुरा पढौ

कास्कीमा भदौ १२ सम्म निषेधाज्ञा थप

पोखरा, ७ भदौ । कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जनाएका हुन् । अत्यावश्यक काममाबाहेक घरबाहिर निस्कन र हिडडुल गर्न सहित अन्य जारी निषेधाज्ञा कायम रहनेछ । तर भदौ ८ देखि केही सेवा संचालनमा छुट दिइएको छ । जसमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीको पूर्ण पालना गरी गराई सरकारी कार्यालय तथा अत्यावश्यक सेवा तथा… पुरा पढौ

पोखरामा ट्याक्सी चालकमा कोरोना पुष्टि

पोखरा, ७ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ९ जना संक्रमितहरु फेला परेका हुन् । जसमा पोखरा वडा १६ का ४० वर्षीय पुरुष र ३१ वर्षीया महिला छन् । संक्रमित ४० वर्षीय पुरुष ट्याक्सी चालक भएको खुलेको छ । उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी १ का वर्ष ९, ४३ र ६५ का पुरुष तथा वर्ष २८, ३६ र ४९ की… पुरा पढौ

कास्कीमा ३ देखि ५ दिनसम्म निषेधाज्ञा थप्न सिफारिस

पोखरा, ६ भदौ । कास्कीमा अझै ३ देखि ५ दिनसम्म निषेधाज्ञा कायम गर्न सिफारिस गरिएको छ। पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूलसमितिको आइतबार बिहान बसेको बैठकले कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा थप ३ देखि ५ दिनसम्म थप्न सिफारिस गरेको हो । समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘जोखिम अझै कायम रहेकोले समितिको बैठकबाट कम्तीमा ३ देखि बढीमा ५ दिनसम्म अहिलेकै मोडालिटीमा कास्कीमा निषेधाज्ञा थप्न जिल्लामा सिफारिस गरेका छौं ।’ यसैबीच, आइतबार नै बस्ने… पुरा पढौ

मास्क लगाउन अब नयाँ मापदण्ड : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेको छ । वयस्कका लागि जुन–जुन नियम लागू गरिएको छ, त्यस्तै १२ वर्षभन्दा माथिका बालबालिकाले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएको छ । किनकि १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्लुएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने भनेको हो । यस्तै, ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत… पुरा पढौ

पोखरामा थप २ महिला संक्रमित फेला

पोखरा, ७ भदौ । पोखरामा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्र पोखरामा १६ सहित गण्डकीमा २४ संक्रमित फेला परेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर नखुलेका ३० र ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित दुवैलाई आइसोलेसन कक्षमा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए । उनीहरुको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र,पोखरामा भएको हो । यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ७०… पुरा पढौ

चितवनमा मृत्युपछि ६५ वर्षीया महिलाको कोरोना पुष्टि

चितवनमा थप एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । तर उनको पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ मा स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । ती महिला कलेजोसम्बन्धी बिरामी थिइन्… पुरा पढौ

काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा स्वास्थ्यकर्मी पनि

काभ्रे, ६ भदाै । काभ्रे जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण भएको छ । शनिबार बनेपा नगरपालिका १३ भैंसेपाटीकाे स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा २३ जना र धुलिखेल अस्पतालमा १२ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  धुलिखेल अस्पतालमा यसअघी १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । शनिबार थप संक्रमण पुष्टि हुनेहरुमा केही स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चमेना गृहका कर्मचारी छन् । स्पाइनल एञ्जुरी पुनस्थार्पना केन्द्रका १० जना बिरामी र १३ स्वास्थ्यकर्मी तथा कर्मचारीमा अाज संक्रमण पुष्टि भएको थियो । कन्ट्याक… पुरा पढौ

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले… पुरा पढौ

साउनमा लक्ष्यभन्दा बढी राजश्व

टीकापुर, ६ भदौ । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो । सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि रु ३६ लाख ३९ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा रु दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको… पुरा पढौ